११ कार्तिक २०८३, मंगलवार

चुनाव प्रचारमा ओलिलाई आपत , चुलामा ग्याँसको पाईप कहिले आउँछ ?’

एसीपी संवाददाता

१४ कार्तिक २०७९, सोमबार १५:०४ मा प्रकाशित

चुलामा ग्याँसको पाईप कहिले आउँछ ?’रेल कहिले काठमाडौं पुग्छ  ?  भन्दै जनता को  प्रश्न    ? काठमाडौं =  ०७४ को चुनावपुर्व तत्कालिन प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका अधिकांश बाचा पुरा भएका छैनन् ।

सत्ताको लत लागेका ओलीले जनतासँग बाचा मात्रै गरेनन्, चुला–चुलामा ग्याँसका पाईप, हनुमाननगरमा पानी जहाजको टिकट काउण्टर, पुर्वपश्चिम रेला लगायतका पुरा नै गर्न नसक्ने हावा गफ लगाए। त्यस मध्येमा ०७२ साल असोज ६ गतेदेखि सुरु सिमानाका बन्द  गराउने उपेन्द्र यादव सङ सहकार्य उति बेला नाकावन्दीपछि उत्पन्न ग्याँसको समस्यालाई लक्षित गरेर ओलीले गरेको बाचा अझै चर्चामा छ।

‘ग्याँसका सिलिण्डर काँधमा बोकेर, केमा बोकेर, मोटरसाईकलमा बोकेर, साईकलमा बोकेर कुद्नु पर्दैन’ उनले भनेका थिए–‘सिलिण्डरको खेल समाप्त गर्दिन्छु, घर–घरमा÷चुलाचुलामा पाईप पुर्याईदिन्छु।’

स्विच खिटिक्क पर्दा ग्याँस बल्न सुरु गर्ने भन्दै उनले घरमा मिटर राखेपछि जतिपनि ग्यास प्रयोग गर्न मिल्ने गरी ब्यवस्था मिलाउने बताएका उनले ‘ग्याँसको वुलेट आयो की आएन, सिलिन्डर पायो की पाएन ? यो सवै झमेला नरहने भन्दै गफ लगाएको भिडियो अहिले पनि सामाजिक सञ्चालमा चर्चामा छ।

ओलीले गरेका यि बाचा अहिलेसम्म पुरा भएका छैनन्। जनताले पनि उनलाई यि विषयमा प्रश्न गर्न छोडेका छैनन्। आफनै निर्वाचन क्षेत्रमा भोट माग्न जाँदा समेत ओलीलाई जनताले ‘चुलामा ग्याँसको पाईप कहिले आउँछ ?’ भन्दै प्रश्न गरिरहेको स्थानीयहरु बताउँछन्। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x