सडकमा दस हजारको जनसमर्थन देखेर विपक्षी आत्तिए : स्वतन्त्र उम्मेदवार ईरफान शेष
कार्तिक, बाँके । बाँकेको क्षेत्र नं. २ का संघीय सांसदका स्वतन्त्र उम्मेदवार ईरफान अहमद शेषले सडकमा दस हजारको जनसमर्थन देखेर विपक्षी आत्तिएका बताएका छन ।
मंसिर ४ गते हुन प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शेषले यस्तो बताएका हुन । सोमबार घरदैलोका क्रममा उनले शनिवार गरिएको र्यालीका विषयमा चर्चागर्दै करिब दस हजारको संख्या सहित नेपालगञ्ज शक्ति प्रर्दशन गरिएको बताउदै यसबाट आफ्ना प्रतिस्पर्धी आत्तिएको बताएका छन ।
उनी समक्ष सचिवालय अनुसार शनिवार गरिब मज्दुर, किसान सहितको उपस्थितिमा करिब १० हजारको संख्यामा नेपालगञ्जमा प्रदर्शन गरिएको थियो । उम्मेद्वार शेष भने आफ्ना चुनाव चिन्ह जेसिविमा अगाडी उभिएर बजार परिक्रमा गरेका थिए ।
यति बेला उनी किसान, मज्दुर, गरिब, असाय लगायतको एजेण्डा बोकेर चुनावी अभियानमा होमिएका छन । करिब एक दशक देखि जनमत पार्टीमा केन्द्रिय सदस्यको पदमा जिम्मेदवारी वहन गर्दै आएका शेषलाई आफ्नै पार्टीले चुनाव लड्न टिकट नदिए पछि स्वतन्त्र रुपमा अगाडी बढेका हुन । जनमत पार्टीले जसपाबाट आएका बाबु खाँलाई टिकट दिएको छ ।
जस पश्चात आफनो पक्षमा बहुमत ल्याउन उनी आफ्नो बिकट क्षेत्रमा घरदैलोमा व्यस्त भएका हुन ।



