११ कार्तिक २०८३, मंगलवार

कोइरालाको क्षेत्रमा रित्तियो जसपा, प्रभावशाली नेता कांग्रेस प्रवेश गर्दा उपेन्द्रलाई धक्का

एसीपी संवाददाता

२६ कार्तिक २०७९, शनिबार ०९:१४ मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको क्षेत्रमा उपेन्द्र यादवको जसपामा पहिरो गएको छ । नवप्रवेशीलाई शेखरले टिका लगाएर स्वागत गरेका छन् ।

नेपाल वैश्य सेवा संघ मोरङका अध्यक्षसमेत रहेका जसपाका प्रभावशाली नेता गणेश साहसहित चार सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । साह एलपी ग्यास विक्रेता संघ मोरङ अध्यक्ष, घरेलु तथा साना उद्योग संघका सदस्यलगायत दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध छन् । विराटनगर वडा नम्बर ६ र ११ नम्बर वडाको सीमानामा अवस्थित रामपुरचोकमा आयोजित चुनावी सभामा साहसहित नेकपा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपालगायत विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

साह गत स्थानीय निर्वाचनमा जसपाबाट विराटनगर वडा नम्बर ११ का वडाध्यक्षका प्रत्यासी थिए । कांग्रेसले मात्रै मुलुकको आर्थिक विकाससँगै जाति, धर्म, समुदायको संरक्षण र हित गर्ने देखेर प्रवेश गरेको साहले बताए ।

नवप्रवेशीहरुलाई मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कांग्रेस नेता डा. शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य रुक्मिणी कोइराला, मोरङ ६ प्रदेशसभा (ख) का उम्मेदवार केदार कार्की, कांग्रेस नेतृ विन्दया कार्कीलगायतले कांग्रेसको झण्डा दिएर अविर लगाएर स्वागत गरेका थिए । सभालाई सम्बोधन गर्दै डा. कोइरालाले मुलुकको आर्थिक विकास र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले जित्नै पर्ने बताए । त्यस्तै प्रदेश सभाका उम्मेदवार केदार कार्कीले अब कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x