११ कार्तिक २०८३, मंगलवार

‘एक वर्षमा किरण नालामा पुल बनाउँछौं’ : उम्मेदवार कुर्मी

एसीपी संवाददाता

२९ कार्तिक २०७९, मंगलवार ०८:२९ मा प्रकाशित

बाँके (खजुरा), कात्तिक
बाँके प्रदेश सभा-३ (२) बाट प्रदेश सभाका उम्मेदवार बादशाह कुर्मीले खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको किरण नालाको पुल एक वर्षमा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित गौघाटमा सोमबार भएको भेलालाई सम्बोधन गर्दै कुर्मीले किरण नालाको पुल आफु निर्वाचित भए एक वर्षमा पुरा गर्ने बताए ।उनले भने, ‘पुन निर्माण गर्ने क्रममा केहि गल्ती भएका छन् । वैकल्पिक पुलको व्यवस्था नगरेर पुरानो पुललाई भत्काउँदा स्थानीयले धेरै सास्ती खेप्नु परेको छ । त्यसपछि ठेकेदारको लापरवाही पनि खजुराका जनतालाई हिडडुल गर्न निकै अप्ठयारो भएको छ । ठेकेदार भागेको भन्ने हामीले जानकारी पाएका छौं । त्यसलाई ठेक्का तोडेर हुन्छ की, ठेकेदारलाई समातेर ल्याएर हुन्छ कि हामी त्यो हामी बनाउँछौं ।’

विगत पाँच वर्षमा एमालेको तिनै तहको सरकार हुँदा खजुराको विकास हुन नसकेको नेपाली कांग्रेसका उम्मेदवार बादशाहले आरोप लगाए । उनले भने,‘विगतमा यही क्षेत्रबाट एमालेका नेताले  प्रदेश र प्रतिनिधि सभा जित्नु भएको थियो । तर उहाँहरुले घर अगाडीको बाटो र पुल समेत बनाउनु सक्नु भएन । हामी सरकारमा थिएनौं । त्यसैलो केहि काम गर्न सकेर्नौ तर हामी निर्वाचित भएपछि एक वर्षमा गौघाट-परसपुर सडक र किरण नालाको पुल बनाउनेछौं ।’ उम्मेदवार कुर्मीले जनताको सेवा गर्नको लागि आफुले राजनिति गरेको भन्दैं बाँके प्रदेश सभा-३ (२) को विकासका लागि आफु इमान्दार भएर लाग्ने प्रतिबद्धता जनाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x