११ कार्तिक २०८३, मंगलवार

नाइजेरियामा बन्दुकधारी समूहद्वारा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूको अपहरण

एसीपी संवाददाता

१९ मंसिर २०७९, सोमबार ११:५७ मा प्रकाशित

एजेन्सी –  नाइजेरियामा बन्दुकधारी समूहले एउटा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूलाई अपहरण गरेको छ ।

नाइजेरियाको कट्सिना राज्यको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमणम गरी १९ जनाको अपहरण गरेकोमा ६ जनालाई भने अपहरण मुक्त गरिएकाे हाे । साेही घटनामा २ जना घाइते भएका छन् । उत्तरपश्चिम र मध्य नाइजेरियामा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहले आक्रमण गरेको खुलासा भएको छ ।

सोही समूहले पछिल्लो समय नाइ्जेरियाका गाउँ-गाउँमा छापा मारी पशुचौपाया चोर्ने गरेका थिए । अपहरण गरिएकाहरुको अवस्था भने अज्ञात रहेकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x