११ कार्तिक २०८३, मंगलवार

पाकिस्तानी सेना अफगनी सेनाबिच भिडन्त १० को मृत्यु

एसीपी संवाददाता

२६ मंसिर २०७९, सोमबार १७:२२ मा प्रकाशित

एजेन्सी –  अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु हुँदा दुबै देश तनावग्रस्त स्थिति सिर्जना भएको छ ।

दुबै देशका सेना ले चलाएको गोलिले मृत्यु हुने  ६ जना पाकिस्तानीतर्फ का  र ३ जना अफगान नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी रहेका छ्न । घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका अन्तर्राष्ट्रिय समाचार बीबीसीले जनाएको हो  ।  अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ । अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताएको छ । अफगानिस्तानी सुरक्षाकर्मीले आफ्नै भूमिमा चेकपोष्ट बनाउन थालेपछि पाकिस्तानी सेनाले त्यसलाई रोकेका कारण विवाद भएपछि गोली हानाहान भएको अफगानिस्तानका सैन्य अधिकारीलाई उदृत गर्दै वेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x