११ कार्तिक २०८३, मंगलवार

पुर्वी नाका भारत जोड्ने ६ लेनको मितेरी पुल सञ्चालनमा

एसीपी संवाददाता

२० पुष २०७९, बुधबार ०९:१७ मा प्रकाशित

झापा ।
निर्माण सम्पन्न भएको डेढ बर्षपछी पुर्वी नाका काकडभिट्टाको अन्तर्राष्ट्रिय सिमाको पुल संचालनमा आएको छ।

एसियाली राजमार्ग अन्तर्गतको ६ लेनको पुल आइतबारबाट संचालनमा आएको हो। नेपाल र भारतका भन्सार अधिकारीहरुले आ-आफ्नो मुलुकको झण्डा फहराउँदै पुलको उद्घाटन गरेका हुन्।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतर्फ र नक्सलबारी भन्सार डिभिजनकी उप-आयुक्त छिरिङ शेर्पाले भारततर्फ पुलको रिबन काटेका थिए।काँकडभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ जसको आधा भन्दा बढि हिस्सा नेपाली भु-भागमा पर्छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गरेका थिए। एसियाली राजमार्ग अन्तर्गतको एसियाली विकास बैंकको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो।

नयाँ पुल निर्माण भएसँगै दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x