१८ श्रावण २०८३, सोमबार

दुबईको कम्पनीले काठमाडौंमा गैरकानुनी ‘प्राेपर्टी साे’ गर्दै

एसीपी संवाददाता

३० पुष २०७९, शनिबार ०८:४१ मा प्रकाशित

काठमाडौँ– दुबईको एक कम्पनीले नेपालमा गैरकानुनी रूपमा ‘प्राेपर्टी साे’ आयोजना गर्ने भएको छ ।

दुबईको द म्याक नामक कम्पनीले जनवरी २१ देखि २२ सम्म काठमाडौंको सोल्टी होटलमा ‘दुबई प्रोपर्टी साे’ आयोजना गर्न लागेको हो ।

नेपालीले विदेशमा घरजग्गा तथा सेयरमा लगानी गर्न नपाउने कानुनी व्यवस्था भए पनि सो कम्पनीले नेपालको पाँच तारे होटलमै कार्यक्रम आयोजना गरी घरजग्गा बिक्रीको मेला (प्राेपर्टी साे) आयोजना गर्न लागेको छ ।

नेपालमा बसोबास गर्ने कुनै पनि नेपालीले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पाइँदैन ।

पुँजीगत प्रकृतिका यस्ता कारोबारको प्रचारप्रसारसमेत गर्न नपाइने कानुनी व्यवस्था भए पनि दुबईको सो कम्पनीले नेपालमा कार्यक्रम आयोजना गर्न लागेको छ ।

मेलामा लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला बुकिङ गर्नेले ५ प्रतिशत छुट पाउने भन्दै कार्यक्रम आयोजना गर्न लागिएको छ ।

यस्तै, घर खरिद गर्नेलाई युएईको १० बर्से गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा दिने जानकारी दिइएको छ । प्रोपर्टी बुकिङ मात्रै गरेका २ जनालाई ३ रात ४ दिनका लागि दुबई घुमाउन लैजाने कम्पनीको तयारी छ ।

राष्ट्र बैंकले दियो कारबाहीको चेतावनी

द म्याक कम्पनीको सो तयारीप्रति लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज सार्वजनिक सूचना नै जारी गरेको छ । यद्यपि राष्ट्र बैंकले सो कार्यक्रम र सो कम्पनीबारे कुनै उल्लेख गरेको छैन ।

‘नेपालीले विदेशी बैंकमा निक्षेप राख्न पाइँदैन, घरजग्गा किन्न पाइँदैन, सेयर किन्न पाइँदैन भनेर फेरि स्मरण गराएका हौँ, कानुनमा भएको कुरा कसैले बिर्सेको वा ध्यान नदिएको भए कारबाहीमा परिन्छ भनेर सचेत गराउन यस्तो सूचना प्रकाशित गरिएको हो,’ नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले क्यानडा नेपालसँग भने ।

प्रकाशित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x