१३ माघ २०७९, शुक्रबार

रास्वपाले पायो शिक्षा र श्रम मन्त्रालय, उपसभामुख पनि पाउने

एसीपी संवाददाता

३ माघ २०७९, मंगलवार ०१:२३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पनि पाउने भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । जसअनुसार रास्वपाले तीन मन्त्रालय पाएको छ ।

रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने अब शिक्षा र श्रम मन्त्रालय पाउने तय भएको छ । स्रोतका अनुसार शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्यालको सम्भावना छ ।

रास्वपाले एक राज्यमन्त्री पाएको छ । पार्टीले उपसभामुख पनि पाउने पक्का भएको सभापति लामिछानेले पार्टीका नेताहरुलाई जानकारी दिएका छन् ।

उपसभामुखको निर्वाचन ७ माघमा हुनेछ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x