चिनियाँहरूले बनाएकाे पाेखरा अन्तर्राष्ट्रिय एयरपोर्ट काम नलाग्ने, नेपाली जहाज पनि अवतरण हुन नसकेर भारत गयाे

काठमाडौं । तयारी पूरा नहुँदै चिनियाँ दबाबमा हतार हतार सञ्चालनमा ल्याइएकाे पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल काम नलाग्ने भएकाे छ ।
डाँडा कटान नभएकाे, रनवे छाेटाे भएकाे भनेर कमजाेरी ओल्याएका वरिष्ठ पाइलट कमल केसीकाे यति एयरकाे जहाज दुर्घटनामा निधन भइसकेकाे छ । तमाम कमजाेरी लुकाएर हतार हतार तामझामका साथ उदघाटन गरिएकाे पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल काम नलाग्ने पुष्टि भएकाे हाे ।
हिजो विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भिजिविलिटी कम थियाे । मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण गर्न सकेन । विकल्पमा नजिकै पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि उक्त जहाज पाेखरामा अवतरण हुन सकेन । किनभने पाेखरा एयर पूर्णरूपमा तयार भएकाे छैन ।
सुरक्षालगायत जाेखिम कायम रहँदा वैकल्पिक विमानस्थलमा अवतरण हुन नसकेर नेपाली ध्वजावाहक आरएनए ४१६ जहाज भारतस्थित पश्चिम बंगालको कलकत्तामा पुगेको छ । नेपालमा बनेका वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलकाे गु्णस्तरीयता र क्षमतामाथि प्रश्न उठिरहेका बेला नेपाली जहाजले नै प्रयाेग गर्न नसकेर अर्काे देशमा जानुपरेकाे छ ।