१३ माघ २०७९, शुक्रबार
गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज पूर्ण सुनुवाइ हुँदै

काठमाडौँ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद मुद्दामा संवैधानिक इजलासमा आज पूर्ण सुनुवाइ सुरु हुँदै छ ।
पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो ।
२०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ ।
चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादकै बीच गृहमन्त्रीमा नियुक्त भएका थिए ।
Subscribe
Login
0 Comments