११ कार्तिक २०८३, मंगलवार

प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल ह्याक !

एसीपी संवाददाता

२ चैत्र २०७९, बिहीबार ०९:२१ मा प्रकाशित

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याकरको नियन्त्रणमा रहेको आशंका गरिएको छ ।।

पिएमओ नेपाल ट्वीटर ह्यान्डलबाट केही घन्टामा अनाधिकृत ट्वीटलाई रिट्वीट गरिएको छ। भने पिएमओ नेपालको ट्वीटर ह्यान्डल खोल्दा सुरुमा ब्लर (Blur) को लागाे  देखाउँछ। त्यसको डिटेलमा ‘समर्थक व्यापारीहरूको लागि एनएफटी बजार। …..’ लेखिएको छ। भने अन्य असान्दर्भिक सामग्रीको प्रचार गरि रिट्वीट् गरिएकाे छ।

प्रधानमन्त्री कार्यालय तथा सचिवालयबाट यस बारेमा आधिकारिक जानकारी सार्वजनिक भने गरेकाे छैन। प्रधानमन्त्रीका प्रेस संयाेजक सुर्यकिरण शर्माले ट्वीटर ह्यान्डलमा समस्यामा आएको जानकारी दिए। ‘हिजाे देखि समस्या आएको छ। केही रिट्वीट भएका छन् उनले भने, ‘प्राविधिककाे टाेलीकाे समस्या समाधानकाे लागि प्रयास गरिरहेका छन्। केहीबेरमै समाधान हुनेछ।’नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x