८ आश्विन २०८३, बिहीबार

नेपालगन्ज उपमहानगरपालिका ११ को सहयोगमा सडक ( PCC ) निमार्ण हुँदै

एसीपी संवाददाता

१० बैशाख २०८०, आईतवार १८:५० मा प्रकाशित

श्याम कुमार शाहु , नेपालगन्ज =  पासाङ ल्हामु रोड बाट ईस्लामिक संघको उत्तर देखि राकेश लखेरको घर सम्म( PCC ) ढलान एक तर्फको नाली निर्माण शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ को सहयोगम सडक निमार्ण भईरहेको छ ।  उक्त बाटो निर्माण गर्न निकै प्रयास गरे पनि काम अलपत्र हुँदै आएको थियोे । वडा नम्बर ११ को सक्रियतामा दुई साता देखि बाटो निर्माण कार्य प्रगति हुँदै गएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का सदस्य राजेश बैश्यको पहलम बाटो निर्माण कार्य शुरु भई ढलान कार्य समेत सम्पन्न हुने बताएका छ्न । उक्त बाटो बनाउने तर्फ बैश्यले आफ्नो सार्थक प्रयास गरेको बताएका छ्न । हामी आफ्न वडाका जनताको सके सम्म सुबिधा सम्पन्न निर्माण कार्य होस या अन्य कुनै सुविधा सहयोग गर्न अग्रसर रहेको वैश्य हाम्रो सवाददातालाई भनेका छ्न ।  वडा अध्यक्ष नन्दकिशोर कश्यप पनि जनताको लागि दिन रात खटेर काम गरेको देख्न पाईन्छ । उनको पहलम आफ्न वडाको बिकास देखि अन्य सेवा सहि ढंगले हुँदै आएको बिश्वास व्यक्त गरे । यस्तै महिला सदस्य पुनम लखेरको पनि सक्रियता रहेकोे छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x