१६ कार्तिक २०८३, आईतवार

लागूऔषध दुर्ब्यसनका विरुद्ध नेपाल-भारतबीच समन्वयात्मक भूमिकामा जोड

एसीपी संवाददाता

२ असार २०८०, शनिबार ०७:२१ मा प्रकाशित

नेपालगन्ज । लागूऔषध दुर्ब्यसनका विरुद्ध नेपाल-भारतबीच समन्वयात्मक भूमिकामा जोड दिइएको छ । खुला सीमाका कारण सहज आवतजावतले अत्याधिक जोखिम बढाइरहेको भन्दै लागूऔषध दुर्ब्यसनका विरुद्ध नेपाल-भारतबीचको समन्वयमा जोड दिइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा साहारा हाउस नेपालगन्जले आज नेपालगन्जमा आयोजना गरेको ‘लागूऔषध दुर्ब्यसन विरुद्धको कार्यक्रम अन्तर्गत नेपाल-भारत समन्वयात्मक बैठक’ मा लागूऔषध ओसारपसार, कारोबार र सेवनलाई निरुत्साहित गर्न सबैले आ-आफ्नो ठाउँबाट प्रभावकारी भूमिका खेल्नुपर्ने बताइएको छ । आममानिसमा सचेतना र जागरुकता बढाउन सके मात्र लागूऔषध नियन्त्रणको कदम सार्थक हुन सक्ने सहभागीहरुको भनाई छ । आफ्ना बालबच्चाहरुको गतिविधि, क्रियाकलाप र आनीबानीबारे अभिभावकले चासो राख्नुपर्नेमा समेत जोड दिइएको छ । दुबै देशका सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्रहरुमा एक अर्काले आपसमा समन्वय र सहजीकरण गर्नुपर्ने बताए ।

No description available.

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले लागूऔषध दुर्ब्यसन नियन्त्रणका लागि सरोकारवालाहरुबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । लागूऔषधले सामाजिक र पारिवारिक विखण्डन गराइरहेको भन्दै उनले अपराधका घटनाहरु समेत बढाइरहेको बताए । उपप्रमुख राईले लागूऔषध विरुद्ध नेपालगन्ज उपमहानगरपालिका साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागूऔषध दुर्ब्यसन समाजमा ‘खतरनाक’ ढंगले फैलिरहेको यथार्थ स्विकार्दै सबै गम्भीर बन्नुपर्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x