२० बैशाख २०८३, आईतवार

पञ्चेश्वर परियोजना ब्रेक थ्रुको विन्दुमाः परराष्ट्र मन्त्री साउद

एसीपी संवाददाता

२७ पुष २०८०, शुक्रबार १३:४२ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पञ्चेश्वर परियोजना ब्रेक थ्रुको विन्दुमा पुगेको दाबी गरेका छन् । पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु  हुने दाबी गरे ।

डडेलधुरामा शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा मन्त्री साउदले पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमवासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक रहेको बताए ।

पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने मन्त्री साउदले विश्वास व्यक्त गरे । उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए ।

नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको बताएका छन् । मन्त्री साउदले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताए । ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्सांकन र रेखांकनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ,’ उनले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।’

उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेकोसमेत बताए । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।

यसका साथै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे । ‘भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्प पीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउने लगायतका हामीबीच सम्झौता भएका छन् ।’

मन्त्री साउदले रुस–रुक्रेनमा पुगेका युवाका १३३ परिवारले जोखिममा परेकालाई फिर्ता गर्न मन्त्रालयमा आग्रह गरेको जानकारी गराए । उनीहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका बताए । अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x