२१ बैशाख २०८३, सोमबार

वीरगन्जमा घर भाडामा लिएर अनलाइनमार्फत ठगी धन्दा, दुई चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

१८ चैत्र २०८०, आईतवार १३:३० मा प्रकाशित

वीरगन्ज । प्रहरीले अनलाइनमार्फत ठगी धन्दा चलाउने दुई चिनियाँ नागरिकलाई पर्साको वीरगन्जस्थित लक्ष्मणवाबाट पक्राउ गरेको छ ।

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार पक्राउ परेकाबाट ८० थान डेस्कटप मोनिटर, २५ थान मोबाइल, ल्यापटपसहितका सरसामग्री जफत गरिएको छ।

पक्राउ परेका नाम भने सार्वजनिक गरिएको छैन। विशेष सूचनाका आधारमा प्रहरीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो।

ती दुई चिनियाँ नागरिकले वीरगन्जमा घर र कार्यालय भाडामा सञ्चालन गर्दै आएका थिए। प्रहरीले कार्यालय सञ्चालन भइरहेको घरमा छापा मारेर पक्राउ गरेको हो।

उनीहरुले दुई महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x