नेपालगन्जको दुई स्थानमा आगो लागि हुँदा लाखौंको क्षति
नेपालगन्ज उपमहानगर पालिका १२ मा स्तिथ बिपी चोक नजिक रहेको कपासको गोदाममा एक्कासि भीषण आगलागी भएको छ । बिपि चोक स्थित मोहम्मद हुसेनको न्यु स्टार सिरक सप्लायर्सको कपास गोदाममा आगलागी भएको हो । हिजो राति लागेको आगो नियन्त्रण गर्न नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज विमानस्थलको गरी दुईवटा दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लागेको थियो । आगलागी नियन्त्रणकलागि नेपाली सेना नेपाल प्रहरी, शसस्त्र प्रहरी, सहित स्थानीयको सहभागिता रहेको थियो ।
आगलागी नियन्त्रणका लागि प्रहरी र स्थानीयको अथक प्रयास पछि आगो नियन्त्रणमा आएको थियोे ।
बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने बाँके प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भएको हो पुर्ण बिबरण भने खुल्न सकेको छैन । घनावस्ती भएको क्षेत्रमा कपासको गोदाम राख्ने र हरेक वर्ष आगलागी हुने गरेपछि स्थानीबासीको गुनासो शुरु भएको छ । यसैबिच न्यु रोडमा सद्भाव छाप खानामा समेत आगोलागी भएको छ । पत्रकार दामोदर भण्डारीको न्यु रोड २ स्तिथ रहेको सद्भाव छापाखानाको कार्यालयमा एक्कासि विद्युतको सटसर्किट बाट आगो लागि हुन सक्ने अनुमान गरिएको छ । आगो निभाउन बाके बर्दियाका दमकल परिचालन गरि आगो नियन्त्रण लिएको थियो ।


