१७ असार २०८३, बुधबार

भारतको दिल्लीमा नेपाली पत्रकार सम्मानित

एसीपी संवाददाता

४ भाद्र २०८१, मंगलवार १०:५६ मा प्रकाशित

भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतको गुरु गोविन्द सिह ईन्द्रप्रस्त विश्वविद्यालय द्वारका दिल्लीमा आयोजिक कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले ऐतिहासिक ‘प्रथम युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२३’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान गरेको हो ।

भारतका ऐतिहासिक कवि तथा साहित्यकार डा. राम दरश मिश्रको जन्मशताब्दी समारोहमा स्वयम् डा. मिश्रले दक्षिण एसियाका पत्रकारहरूलाई ‘प्रथम युगल किशोर अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२३’ बाट सम्मानित गरेका हुन् ।

सो पुरस्कारबाट सम्मानित हुनेहरुमा नेपालबाट सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, सार्क पत्रकार मञ्च नेपाल च्याप्टरको सम्मेलन तयारी समितिका संयोजक रुद्रप्रसाद सुवेदी रहेका छन् । सुवेदी नेपाल टेलिभिजनका बाँके संवाददाता तथा सदरलाइन डटकमका सम्पादक हुन ।

यसैगरी सोही अवसरमा सार्क पत्रकार मञ्चकी कार्यकारी सदस्य स्मिता मिश्रा, र सार्क पत्रकार मञ्च महाराष्ट्रका संयोजक अनिल साबेलेलाई ‘प्रथम युगल किशोरअन्तराष्ट्रिय पत्रकार पुरस्कार– २००३ बाट सम्मान गरिएको थियो ।

यो अवार्ड भारतका प्रथम पत्रकार युगल किशोर शुक्लाको नामबाट स्थापित गरी प्रदान गरिएको हो । युगल किशोर शुक्ला भारतको पहिलो पत्रिका ‘उदन्त मार्तण्ड’ को पहिलो सम्पादक हुन । उनको नाममा सार्क पत्रकार फोरम इन्डिया च्याप्टरले सो पुरस्कार स्थापना गरेको इन्डिया च्याप्टरका अध्यक्ष डा. अनिरुद्ध सुधांशुले जानकारी दिए । यो पुरस्कार सन् २०२३ को लागि घोषणा गरिएको थियो ।

सार्क जर्नालिष्ट फोरमका ईण्डिया च्याप्टरका अध्यक्ष सुधांशुले दुई दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय पत्रकारितामा योगदान पु¥याएबापत नेपालबाट राजु लामा र रुद्र सुवेदी, भारतबाट स्मिता मिश्र र अनिल साबलेलाई प्रथम युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकार पुरस्कारबाट सम्मानित गरिएको बताए ।


यसैगरी सार्क पत्रकार मञ्च इण्डिया च्याप्टरले पत्रकारितामा योगदान पुर्याएको भन्दै नेपालका पत्रकार मोहम्मद आरिफ अन्सारी, शिवेन्द्र भण्डारी, अजमत अली सिद्दिकी र रमेशचन्द्र कुमाललाई ‘विशेष प्रशंसा पुरस्कार’बाट सम्मान गरेको छ ।

सोही कार्यक्रममा राम दरश मिश्र ट्रष्टले युवा कवि राजकुमार श्रेष्ठलाई ‘राम दरश मिश्र सृजन शताब्दी पुरस्कार’ प्रदान गरेको छ । सो अवसरमा भारतका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुको सहभागिता रहेको थियो । सदरलाईन

      

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x