१४ असार २०८३, आईतवार

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्षले पेश गरे आ.ब.बजेट

एसीपी संवाददाता

१४ असार २०८३, आईतवार १४:४४ मा प्रकाशित

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दीपककुमार वर्माले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आयोजित वडा भेलाबाट १ करोड ३७ लाख १५ हजार १०० को बजेट सिलिङ उपमहानगरबाट प्राप्त भएको जानकारी गराउँदै प्राप्त बजेटको सिलिङ परिधिभित्र रहेर वडाका आगामी योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईले उद्घाटन गरेको वडा भेलामा उपस्थित सयौँको सङ्ख्याका स्थानीय वडावासीले आगामी योजनाहरू प्रस्ताव गरिरहेका छन्। यद्यपि ती योजनाहरू समेट्न सरकारले बजेट नदिएको वडाध्यक्ष बर्माको भनाइ छ।दैनिकनेपालगन्ज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x