२ श्रावण २०८३, शनिबार

दोषीलाई कार्यवाही गर , निर्दोशलाई नफसाउन एमाले निकट युवा संघ नेपालको माङ

एसीपी संवाददाता

२७ भाद्र २०८१, बिहीबार ११:१२ मा प्रकाशित

नेपालगञ्ज सदरलाईन   : एमाले निकट राष्ट्रिय युवा संघ नेपालका बाँके अध्यक्ष तथा राप्तीसोनारी–२ का वडा अध्यक्ष समेत रहेका ज्ञानेन्द्रराज वलीको व्यक्तिगत र सामाजिक जीवन समाप्त गर्ने उद्देश्यले षडयन्त्र गरिएको भन्दै राष्ट्रिय युवा संघले गम्भीर आपत्ति जनाएको छ ।

संघका जिल्ला ईन्चार्ज विपेन्द्र लामा (कालु) र जिल्ला उपाध्यक्ष रमेश मिझारद्वारा जारी विज्ञप्तीमा संघका अध्यक्ष वलीलगायतका व्यक्तिहरुलाई अनाहकमा राजनीतिक र समाजिक जीवन समाप्त गर्ने षड्यन्त्र गरिएको भन्दै गम्भीर आपत्ति जनाएको हो ।

‘गत भदौ १ गते बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा भएको खुकुरी हानाहानको घटनामा संलग्न नभएका र उक्त घटनाको बारेमा कुनै पनि जानकारी नभएको राष्ट्रिय युवा संघ नेपाल बाँके अध्यक्ष वलीलाई व्यक्तिगत र सामाजिक जीवन समाप्त गर्ने गरी सुनियोजित तरिकाल घटनास्थलमा अनुपस्थित व्यक्तिहरुलाई सनाखत गराएको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’–विज्ञप्तीमा भनिएको छ ।

‘निर्दोष व्यक्तिलाई फसाउने नियतले सम्मानित अदालतलाई समेत भ्रमित पार्ने गरी मिसिल तयार गर्ने स्थानीय प्रहरी प्रशासनकै भूमिका अत्यन्तै शंकास्पद देखिएकोले उक्त मिसिल तयार पार्ने स्थानीय प्रहरी प्रशासनलाई समेत छानविनको दायरामा ल्याई घटनाको निष्पक्ष न्यायपूर्ण सुनुवाईको लागि माग गर्दछौं’–संघका जिल्ला ईन्चार्ज लामा र जिल्ला उपाध्यक्ष मिझारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सो घटनाको निष्पक्ष छानविन गर्न राष्ट्रिय युवा संघ नेपालले माग गर्दै देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । अन्दोलनबाट हुने असहज परिस्थितिको जिम्मेवारी स्थानीय प्रहरी प्रशासनले लिनुपर्ने विज्ञाप्तीमा उल्लेख गरिएको छं ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x