१ श्रावण २०८३, शुक्रबार
रुबी खान समूह र सरकारबीच तीन बुँदे सहमति, आन्दाेलन स्थगित
निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँगै महिलाहरूले गरिरहेको आन्दाेलन स्थगित भएको छ ।
मंगलबार भएको वार्तापछि खान समूह र गृहमन्त्रालयबीच सहमति भएको हो । सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ ।
यस्तै आन्दाेलनरत पक्ष र उनीहरूको परिवारकाे सुरक्षा व्यवस्था मिलाइने सहमति भएको छ । सहमतिपत्रमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दाेलनरत पक्षबाट रुबी खानले हस्ताक्षर गरेका छन् । शिलापत्र बाट
यस्तो छ सहमतिपत्र :
Subscribe
Login
0 Comments



