१ श्रावण २०८३, शुक्रबार

लागु औसधि भारत बाट ल्याई दाङ पुर्‍याउने महिला पक्राउ

एसीपी संवाददाता

१५ कार्तिक २०८१, बिहीबार १५:५१ मा प्रकाशित

दाङ — नेपालगन्जसंग जोडिएको सीमावर्ती भारतीय बजार रूपेडिहाबाट लागूऔषध लगेर दांगको तुलसीपुरमा बेचबिखन गर्दै आएको आरोपमा ‘आन्टी’ नामले चिनिने तुलसीपुर उपमहानगरपालिका –८ दुधेनाकी ५३ वर्षीया तिलकुमारी विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध दुर्व्यसनीहरूले उनलाई आन्टी भनेर चिन्ने विश्वकर्मा मुख्य आपूर्तिकर्ता रहेको जानकारी प्रहरीले पाएपछि अपरेसन आन्टी’ सञ्चालन गरी पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

केही समय पहिले विश्वकर्मा तुलसीपुरस्थित एक मेडिकलमा काम गरेकी थिईन । नशालु औषधिबारेमा थाहा पाएपछि उनले कारोबार थालेकी थिइन् । केही समय उनले सडकपेटीमा तरकारी बेच्ने बहाना गरी लागूऔषध समेत बेच्ने गरेको प्रहरीको दाबी छ।

विश्वकर्माको साथबाट ३५ वटा पत्तामा ३५० वटा ट्रामाडोल फेला परेको थियो। उनको घरमा खानतलासी गर्दा २ हजार ३ सय ४०ट्याबलेट फेला परेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x