३२ असार २०८३, बिहीबार

“मधेशको संस्कृति र पर्यटनलाई विश्वसामु चिनाउने पोखरा मेलामा ‘घुमौं मधेश, बुझौं मधेश’ को आकर्षक प्रस्तुति”

एसीपी संवाददाता

१२ माघ २०८१, शनिबार १७:३२ मा प्रकाशित

पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ३३औं औद्योगिक व्यापार तथा आइटी मेलामा मधेश प्रदेशको उल्लेखनीय सहभागिता रहेको छ। ‘घुमौं मधेश, बुझौं मधेश’ अभियानका संयोजक विकास ठाकुरको नेतृत्वमा राखिएको स्टल नम्बर–१ ले मेलामा आगन्तुकहरूको ठूलो चासो र आकर्षण कमाएको छ। एकैदिन पाँच सयभन्दा बढी आगन्तुकले स्टलको अवलोकन गर्नु यस तथ्यलाई बल प्रदान गर्दछ।

मधेश प्रदेशका ४० पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको बुकलेट स्टलमा वितरण गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मेलाको उद्घाटन गर्दै मधेशको प्रचार सामग्री र संस्कृतिका बारेमा जानकारी प्राप्त गरे। यस क्रममा संयोजक ठाकुरले मुख्यमन्त्रीलाई विशेष बुकलेट हस्तान्तरण गरेका थिए।

मधेश प्रदेशको सांस्कृतिक धरोहरलाई झल्काउने भिझिया नृत्य र थारु नृत्यको प्रस्तुति आगन्तुकहरूको लागि विशेष आकर्षण बनेको थियो। मुख्यमन्त्री पाण्डे मधेशको संस्कृति, प्रचार शैली, र प्रस्तुतीकरणबाट प्रभावित भएका थिए।

विशिष्ट अतिथिका रूपमा पोखरा महानगरका मेयर धनराज आचार्यले सम्बोधन गरेका थिए भने कार्यक्रमको अध्यक्षता पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए। यो मेला देशभरका विभिन्न संघ र संस्थाहरूसँगको सहकार्यको प्रतीकका रूपमा प्रस्तुत भएको छ, जसले सांस्कृतिक र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x