आज पुर्बराजा ज्ञानेन्द्रको पोखरा भ्रमण बारे
– युगनाथ शर्मा पौडेल
“आज साई पनि एमाले, म पनि एमाले” भन्ने गीतको बोल जस्तै ” राजा पनि पोखरामा , म पनि पोखरामा ” भन्ने सयोग “मेरो लागि पनि परेको थियो।
म लोकतान्त्रिक आन्दोलनका महान सहिद योगेन्द्रमान शेरचनको जीवनी लेख्ने क्रममा पोखरामा मोहरिया टोल हुँदै भीमसेनटोल र गणेशटोल पार गर्दै, सोमबारको दिन महादेवलाई स्मरण गर्दै बिन्ध्यवासिनी मन्दिर दर्शन गर्न जाँदै थिएँ। अचानक, पूर्वराजा ज्ञानेन्द्र शाह पनि पैदल यात्रा गरिरहेका रहेछन्, र हजारौं मानिसहरू राजालाई दर्शन गर्न बसेका रहेछन्।
“जहाँ रबि पुग्दैनन्, त्यहाँ कवि पुग्छन्” भने जस्तै, एउटा पत्रकारका लागि यो दृश्य पनि अद्भुत अवसर नै थियो। मैले राजालाई भेट्न आएका विभिन्न मानिसहरूसँग कुराकानी गर्ने अवसर पाएँ। राजालाई भेट्ने र अन्तरवार्ता लिने इच्छा भए पनि, अहिलेको लागि त्यो सम्भव देखिएन। तर, त्यहाँको एउटा जेरी पसलका साहु–साहुनीले भने, “यो पसलमा राजा महेन्द्रले पनि जेरी खानुभएको थियो,” भन्दै राजाका लागि जेरी लिएर बसेका थिए। त्यो दृश्य पनि कम रमाइलो थिएन।
त्यस ठाउँमा “शिवसेना” लेखिएका युवाहरू प्रहरीलाई राजाको पैदल यात्रा सहज बनाउन सहयोग गरिरहेको देखिन्थ्यो। राजा आफैँ जनतासँग संवाद गरिरहेका थिए, भने हामी पत्रकारको टोली राजाको अगाडि–पछाडि हिँडिरहेका थियौँ।
मैले केही मानिसहरूसँग कुरा गरें। मैले सोधेँ, “तपाईंहरूको प्रदेशकै नेता रामचन्द्र पौडेल राष्ट्रपतिका रूपमा छन्। यस्तो अवस्थामा राजा किन आउनु पर्यो?”
तर उनीहरूले उल्टै प्रश्न गरे, “हामीले राष्ट्रपति पौडेललाई प्रत्यक्ष भोट हालेर शक्तिशाली प्रधानमन्त्री बनाएर पाँच वर्ष सरकार चलाउने अधिकार दिन चाहन्छौं, अमेरिकी राष्ट्रपति जस्तै। र, राजालाई हिन्दू राष्ट्रको सेरेमोनियल राजा बनाउने।”
उनीहरू ढुक्क देखिन्थे कि “अब नेपाल राजा सहितको हिन्दू राष्ट्र बन्छ।”
केही दिनयता राप्रपाको आमसभामा भिड बढेको देखिन्छ। किनभने उनीहरूले निरन्तर हिन्दू राष्ट्रको मुद्दालाई जोड दिइरहेका छन्। तर नेपाली कांग्रेसमा शंकर भण्डारीबाहेक अरू नेताहरूले यस विषयमा खासै चासो देखाएको पाइँदैन।
तर, जनतामा हिन्दू राष्ट्रप्रति समर्थन देखिए पनि, उनीहरू अत्यधिक उत्तेजित भएका छैनन्। तथापि, हिन्दू राष्ट्रको मुद्दा राजाका लागि एउटा बलियो हतियार बन्न सक्छ।
किनकि, राप्रपाले मेलमिलापको नीति अघि सारेको छ।
२००७ सालमा दिल्ली सम्झौताअन्तर्गत राजा, राणा, र कांग्रेसबीच सम्झौता भयो।
२०४६ सालमा राजा, कांग्रेस, र वाममोर्चाबीच सहमति भयो।
२०६३ सालमा राजा, कांग्रेससहित सात दल, र माओवादीबीच सहमति भयो।
अहिले, “हिन्दू राष्ट्रसहितको राजा”, “कांग्रेस”, “वामपन्थी”, र “अन्य जातीय तथा क्षेत्रीय शक्ति” गरी चारवटा शक्तिको समायोजन हुनुपर्ने धारणा अगाडि बढाइएको देखिन्छ।
तर, संविधानको परिधिभन्दा भित्र राजाको स्पेस छैन।बाहिर बाट आउन कि दुई तिहाई चाहियो ससदमा कि संविधान च्यात्नका लागि जनविद्रोहबाहेक तत्काल अन्य विकल्प देखिँदैन।
के नेपालमा जनविद्रोह सम्भव छ?
नेपाल भर्खरै ग्रे लिस्ट मा परेको छ। यो बहानामा जनतामा असन्तुष्टि देखिए पनि, राजाको उमेरका कारण उनले कुनै ठूला आन्दोलन अगाडि बढाउने सम्भावना कमै छ। राजा त्यो बाटोमा छैनन् । ऊनी कांग्रेस एमाले र माओवादी समेत मधेस र जातीय समुहको समेत समर्थनमा मात्रै अगाडि बढन खोजेको छ्न । राजालाई राप्रपाको मात्रै समर्थनले सबै फत्ते हुन्छ भन्ने बिश्वास पनि छैन ।
उनले फागुन ७ गते दिल्ली सम्झौताको साक्षी बस्नेलाई स्मरण गराएका छ्न र साक्षी उल्टो बक्न पनि पाईदैन त्यो पनि बिशाल देशहरू ले घुमाउरोपाराले यो कुरो पनि भनेको छ्न ।
तर, पोखरामा देखिएको भिडले वर्तमान राज्य सरचना र सरकारको काम गराईको ढिलाइप्रति असन्तुष्टि प्रकट गरिरहेको पक्का हो।
जे भए पनि “लोकतन्त्रको विकल्प अझै बढी लोकतन्त्र नै हो।” राजाले पनि यो कुरा राम्ररी बुझेका छन्।
नेपाल भारतजस्तो मुसलमानहरूको लात्ती वा इसाईहरूको बुट खाएको देश होइन त्यसैले नेपाली हिन्दुले हतियार उठाउदैनन । नेपाली हिन्दूहरू कांग्रेस, एमाले, र माओवादीका गुलाम नै छन्, जसले जे भने पनि। नेपाली बाहुन क्षेत्रीहरुले चाहेको भए जनताले आन्दोलनमा माग नगरेको हिन्दुराज्य संविधान बाट हटाइएको दिन देशमा आगो लगाउने थिए तर त्यो हिम्मत देखिएन उल्टो त्यो दिन नेपाली बाहुन क्षेत्रीहरु बेलुकी मध्यरातमा भोज खाएर निस्के । राजाको पोखरा भ्रमणले मेरा केही भ्रमहरू तोडेको छ। त्यसबारे विस्तारमा पछि चर्चा गरौंला। अहिले यति नै ।



