नेपालगञ्जमा १९ रमजानको अवसरमा सिरते मौला अली (अ.स) मनाइयो
नेपालगञ्ज, १९ रमजान – नेपालगञ्जमा १९ रमजानको अवसरमा एक विशेष मजलिसको आयोजना गरिएको थियो, जसलाई डा. जैनुल आबेदिनले (ईस्लामिक स्कोलर)आफ्नो निवासमा आयोजना गर्नुभएको थियो।
मजलिसमा प्रसिद्ध नौहा खानी र बयान नूर मोहम्मद अन्सारी( पत्रकार) नेपालीले गर्नुभएको थियो। उहाँले विशेष रूपमा हजरत अली (अ.स) को अन्तिम वसीयतबारे प्रकाश पार्नुभयो। त्यसपछि डा. जैनुल आबेदिनले मौला अली (अ.स) को जीवन, उहाँमाथि भएका अन्याय तथा अत्याचारका बारेमा गहिरो रूपमा चर्चा गर्नुभयो। साथै, उहाँले करबला घटनामा इमाम हुसैन (अ.स) र उहाँका साथीसाथीहरूमाथि भएका अत्याचारबारे चर्चा गर्दा उपस्थित सबैको आँखा रसाएका थिए।
कार्यक्रमको अन्त्यमा सामूहिक रूपमा दुआ गरिएको थियो, जसमा समग्र मुस्लिम समुदायको भलोको लागि साथै प्यालेस्टिनी जनताको सुरक्षाको लागि विशेष प्रार्थना गरियो।
त्यसपछि रोजादारहरूको लागि इफ्तार तथा भोजनको व्यवस्था गरिएको थियो, जहाँ नेपाल तथा भारतबाट आएका मुस्लिम दाजुभाइहरू सामेल भएका थिए। मजलिसमा आपसी एकता (इत्तेहाद) को विशेष रूपमा जोड दिइएको थियो, जसले समुदायबीच प्रेम, सद्भाव र ऐक्यबद्धताको सन्देश प्रवाह गर्यो।



