३२ असार २०८३, बिहीबार

एसीपी संवाददाता

१७ चैत्र २०८१, सोमबार १७:१४ मा प्रकाशित

आज नेपालभर मुस्लिम समुदायले पवित्र इद उल फित्र पर्व श्रद्धा, उत्साह र भाइचाराका साथ मनाउँदै छन्। रमजान महिनाभरि सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बसेर आत्मशुद्धि गर्ने परम्पराको समापन गर्दै, आज विशेष नमाज, भेटघाट, मिष्ठान्न परिकार, नयाँ लुगा र दान–दक्षिणाको माध्यमबाट उल्लासपूर्वक इद मनाइन्छ।

यस अवसरमा विशेष रूपमा सेवईको खिर, खजुरलगायतका मीठा खानेकुरा बनाएर आफन्त, साथीभाइलाई खुवाउने चलन छ। आफूभन्दा सानालाई आशीर्वाद दिने र दीनदुःखीलाई दान दिने यो पर्व सामाजिक सद्भाव, सहिष्णुता र परोपकारको प्रतीकका रूपमा मनाइन्छ।

इदको दिन मुस्लिम धर्मगुरुहरूले कुरानको वाचन गर्दै सदाचार र सत्कर्मको मार्गमा चल्न प्रेरणा दिने गरेका छन्। नमाजपश्चात मस्जिद वा खुला स्थानमा एक–अर्कालाई शुभकामना आदान–प्रदान गर्दै पर्वको उल्लास साटासाट गरिन्छ।

नेपाल सरकारले इद उल फित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ, जसले विविधतामा एकता झल्काउने परम्परालाई निरन्तरता दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x