१४ कार्तिक २०८३, शुक्रबार

जमुनाह सिमानाका कडा हुँदा तस्करहरु सशस्त्र प्रहरीलाई आफ्नो जालमा पारी मालसामान ओसारपसार गर्दै

एसीपी संवाददाता

२ पुष २०७७, बिहीबार १२:४८ मा प्रकाशित

अहिलेको आवस्थामा बाकेको जमुजाह नाका सबै केन्द्र बनेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह नाका हरेक दिन जसो अनुगमन हुने गरेको छ । कहिले जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय र सबैले जमुनाह प्रहरीले येसो गर्‍यो उसो गर्‍यो सिसि टिभि क्यामरा हुदाहुदै पनि दैनिक हजारौं लाई ब्यवस्थापन गर्ने सकस छ । बागेश्वरी असल शासनले क्ल्बले स्वयं निगरानी गरे पछि जमुनाह नाका कै चर्चा प्रहरी भन्ने बित्तिकै जमुनाह मात्र बुझाई छ जब दायाँ बायाँ बाट जति तस्करी भए नि जानेर न जाने जस्तो गर्ने सम्बन्धित निकायले । खुला सीमानाकामा सशस्त्र प्रहरीकै सेटिङमा अवैध धन्दा चलिरहेको छ भन्दै विभिन्न समाचार प्रकाशित भएको छ । नेपालगन्जको मुख्य जमुनाह नाकामा कडाइ गरिएपपछि तस्करहरुको समूहले अन्य नाकामा सशस्त्र प्रहरीलाई आफ्नो जालमा पारेर अवैध धन्दालाई निरन्तरता दिएका हुन् । जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न नाकाहरुबाट चोरी तस्करी बढेको हो ।

खासगरी परस्रपुर, जानकी गाउँपालिकाको साइगाउँलगायतका क्षेत्रबाट तस्करी हुने गरेको पाइएको छ । मुख्य नाकाको पश्चिमतीरबाट काटेको मासु भित्र्याउने गरिएको छ भने पूर्वीनाका सुइया प्रिपहवा, टंकपरीलगायतबाट ज्यँुदो बोइलर खुकुरा नेपाल ल्याउने गरिएको छ । ती सबै नाकामा सशस्त्रको विओपी पोष्ट छन् । तर उनीहरु तस्करहरुबाट पैसा असुल्दै नेपालमा प्रतिबन्धित बोइलर कुखुरा र मासु भित्र्याइरहेका छन् । सेटिङ नमिलेसीमात्र सशस्त्र प्रहरीले पक्राउ गर्ने गरेको छ ।

नत्र नाकाबाट अवैधरुपमा पंक्षीजन्य बस्तुको सहज आयात भइरहेको छ । यहाँका कुखुरा पालन किसानहरु आफ्ना कुखुरा नविकेर लगानी डुविरहेका बेला भारतीय कुखुरा अवैधरुपमा ल्याउँदा ठूलो सकसमा परेका छन् । वारीबाट आउने कुखुरा सस्तो मूल्यमा विक्री हुने गरेको छ । त्यतीमात्र होइन् मरेका कुखुराको मासु उनीहरुले नेपालीहरुलाई विक्री गरिरहेका छन् । यस्ले स्वास्थ्यलाई समेत गम्भीर असर परिरहेको चिकित्सकहरु बताउँछन् ।

खासगरी तस्करहरुले विहानको समयमा साइकलमा लोड गरेर कुखुराहरु ल्याउने गरेका छन् । स्थानीय प्रहरी प्रशासन समेत मुखदर्शक बन्दा तस्करहरुको मनोवल बढ्दै गएको छ । भारतबाट अवैधरुपमा सुर्ती प्याज, चामल, चीनी, रासायनिक मल आउने गरेको छ । यहाँ महंगो पर्ने भएपछि भारतबाट यस्को अवैध धन्दा हुने गरेको हो । यताबाट पेट्रोलियम पदार्थको तस्करी हुने गरेको पाइएको छ । यीनै नाकाको प्रयोग गरेर वारि लैजाने गरिएको हो ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य मंहगो छ । तस्करहरुले ग्यालिनमा पेट्रोलियम पदार्थ भरेर नाका कटाउने गरेका छन् । कतिपयले त यहाँ आएर वाइकमा ट्यांकी फुल गर्ने र वारि लगेर बेच्ने समेत गरेका छन् । यस्ता अवैध तस्करहरुको सेटिङ नाकामा खटिने प्रहरीसँग हुने गरेको छ । उनीहरुलाई पैसा दिएर दैनिकरुपमा यस्ता तस्कर भइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x