२१ बैशाख २०८३, सोमबार

भ्रामक प्रचार पछाडी नलाग्न सेनाको आग्रह

एसीपी संवाददाता

२७ भाद्र २०८२, शुक्रबार १०:१६ मा प्रकाशित

काठमाडौं –  राजधानीमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र हाल विद्यमान समस्या हवाका कुरामा नलाग्ने अनुरोध गरेको छ । अहिले विभिन्न विषयमा जोडेर टीकाटिप्पणी भइरहेको हुँदा यस्ता कुरामा नलाग्न सेनाले नेपाली नागरिक सङ आग्रह गरेको छ ।

सेनाले नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक रूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको हुँदा भ्रामक प्रचारमा नलाग्न आपजनतालाई सेनाले अनुरोध गरेको हो । यस्ता कुरामा बिश्वास नगर्न अनुरोध गरेको हो ।

नोपली सेनाले जारी गरेको प्रेस बिज्ञप्ति

प्रेस विज्ञप्ति. १८

मितिः २०८२ भाद्र २७ गते          समयः-०९१५ बजे ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जाही अड्डा काठमाडौं, नेपाल ।

टेलिफोनः ०१-५९७९५७१

ईमेल:- dte-dpr@nepalarmy.mil.np

वेबसाईट:- www.nepalarmy.mil.np

नेपाली सेनाको अनुरोध

१. विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ । तसर्थ, भ्रामक र झुट्टा समाचारहरुमा विधास नगर्न आम सर्वसाधारणहरुमा नेपाली सेना आग्रह गर्दछ ।

२. साथै, नेपाली सेना सम्बन्धी सूचना आदान प्रदानको लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानीय स्तरमा देहाय बमोजिमका पृतना हेडक्वार्टरहरुसँग समन्वय गर्न सकिने बेहोरा समेत जानकारी गराईन्छ ।

सि.नं.

क्षेत्र/जिल्ला

मोबाईल नम्बर

१. पूर्वी क्षेत्र (ताप्लेजुङ्ग, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ्ग, सुनसरी, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा)

९८५२०८१७०४

२. मध्य पूर्वी क्षेत्र (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप र दोलखा)

९८५४०२०७७२

३. मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ्ग, चितवन)

९८६३०२८८८४

४. पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाष्ट, लम्जुङ्ग, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग)

९८५६०११४३९

५. मध्य पश्चिम क्षेत्र (नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, दाङ्ग, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिम)

९८६३०२९१३७

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x