२७ आश्विन २०८३, मंगलवार

जय नेपाल पार्टी बाँकेको जिल्ला सचिवमा विरेन्द्र कुमार रावत सर्वसम्मत निर्वाचित

एसीपी संवाददाता

२७ आश्विन २०८३, मंगलवार १२:१४ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, २६ असोज — जय नेपाल पार्टी बाँकेको जिल्ला सचिव पदमा वीरेन्द्र कुमार रावत सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

हालै सम्पन्न पार्टीको विशेष सांगठनिक भेला तथा अधिवेशनबाट रावतलाई आगामी कार्यकालका लागि जिल्ला सचिवको जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरिएको हो।

पार्टीको संगठन सुदृढीकरण तथा स्थानीयस्तरमा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका रावतले पार्टी नेतृत्व र कार्यकर्तामाझ आफ्नो पहिचान बनाउनुभएको छ। उहाँको सर्वसम्मत चयनलाई पार्टीको सांगठनिक एकता र सहकार्यको रूपमा हेरिएको छ।

जिल्ला सचिवमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै रावतले आफूलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने पार्टी नेतृत्व तथा सम्पूर्ण कार्यकर्ताप्रति आभार व्यक्त गर्नुभयो।उहाँले आगामी दिनमा बाँके जिल्लामा पार्टीको संगठनलाई थप बलियो, एकताबद्ध र गतिशील बनाउने दिशामा आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, पार्टीको नीति, विचार र उद्देश्यलाई जनस्तरसम्म पुर्‍याउँदै संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

रावत जिल्ला सचिवमा सर्वसम्मत निर्वाचित भएसँगै जय नेपाल पार्टी बाँकेका स्थानीय नेता तथा कार्यकर्ताहरूले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्। उहाँको नेतृत्वमा जिल्लामा पार्टीको संगठन विस्तार र सांगठनिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x