११ कार्तिक २०८३, मंगलवार

राप्रपा नेपालगञ्ज नगर कमिटीको उपाध्यक्षमा विजय कुमार वैश्य मनोनित सांगठनिक अनुभव र सक्रियताका आधारमा वैश्यलाई जिम्मेवारी, पार्टीले व्यक्त गर्‍यो सफल कार्यकालको शुभकामना

एसीपी संवाददाता

११ कार्तिक २०८३, मंगलवार २२:५७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज,कात्तिक १० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालगञ्ज नगर कमिटीको उपाध्यक्ष पदमा विजय कुमार वैश्य मनोनित हुनुभएको छ।

राप्रपा नेपालगञ्ज नगर कमिटीका अध्यक्ष शिवराज बर्माको अध्यक्षता तथा पार्टीका अग्रज नेताहरूको उपस्थितिमा आज आयोजित विशेष कार्यक्रममार्फत वैश्यलाई नगर कमिटीको उपाध्यक्ष पदमा मनोनयन गरिएको हो।

लामो समयदेखि पार्टीको संगठन निर्माण तथा सांगठनिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका वैश्यलाई नगर कमिटीको महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ।

नवनियुक्त उपाध्यक्ष वैश्यलाई बधाई दिँदै राप्रपा बाँके परिवारले उहाँको सांगठनिक अनुभव, सक्रियता र ऊर्जाले नेपालगञ्ज नगर कमिटीलाई थप संगठित, सशक्त र गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

राप्रपा बाँके परिवारले भन्यो, “पार्टीको संगठन निर्माणमा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका विजय कुमार वैश्यलाई उपाध्यक्ष पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछौँ। उहाँको नेतृत्व, अनुभव र सक्रियताले पार्टी संगठनलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।”

पार्टीले वैश्यको सफल, प्रभावकारी र अनुकरणीय कार्यकालको कामना गर्दै आगामी दिनमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन उहाँको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x