१२ कार्तिक २०८३, बुधबार

रास्वपा बाँकेको अभियान तथा प्रचार प्रसार विभागको जिल्ला सचिवमा इन्दिरा शाही नियुक्त सांगठनिक विस्तार र प्रचार संयन्त्रलाई प्रभावकारी बनाउने जिम्मेवारी, पार्टीका नीति र एजेन्डा जनतामाझ पुर्‍याउने शाहीको प्रतिबद्धता

एसीपी संवाददाता

१२ कार्तिक २०८३, बुधबार २१:३२ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, कात्तिक ११ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको अभियान तथा प्रचार प्रसार विभागको जिल्ला सचिवमा इन्दिरा शाही नियुक्त हुनुभएको छ। पार्टीको सांगठनिक विस्तार, प्रचार प्रसार तथा जनसम्पर्क अभियानलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले शाहीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएकी शाही पार्टीका विभिन्न अभियान तथा गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ। उहाँको नियुक्तिसँगै बाँके जिल्लामा पार्टीको प्रचार प्रसार र जनसम्पर्क अभियानले थप गति लिने अपेक्षा गरिएको छ। नवनियुक्त जिल्ला सचिव शाहीले पार्टीको जिम्मेवारी प्राप्त गरेपछि प्रतिक्रिया दिँदै रास्वपाको नीति, विचार र एजेन्डालाई जिल्लाका आम नागरिक माझ पुर्‍याउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “पार्टीले दिएको जिम्मेवारीलाई इमानदारी पूर्वक निर्वाह गर्दै रास्वपाको नीति, विचार र एजेन्डालाई आम नागरिकमाझ पुर्‍याउन सक्रिय भूमिका खेल्नेछु। विभागको गरिमा बढाउँदै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रतिबद्ध भएर लाग्नेछु।”

शाहीको नियुक्तिपछि रास्वपा बाँकेका नेता, कार्यकर्ता, शुभचिन्तक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।
शाहीको नियुक्तिले जिल्लामा पार्टीको प्रचार प्रसार, संगठन विस्तार र नागरिकसँगको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x