मानब बेचबिखन विरुद्ध सामूहिक प्रतिबद्धता: मधुवन, बर्दियामा सुरक्षा परियोजनाको संयुक्त अनुगमन
मधुवन, बर्दिया, नेपाल
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको मधुवन नगरपालिका वडा नं. ७ शुक्रबस्ती र गंगाबस्तीमा संयुक्त अनुगमन भ्रमण सम्पन्न गरियको छ । परियोजनाका गतिविधिहरूको प्रगति तथा समुदायस्तरमा परेको प्रभावको मूल्याङ्कनमानब बेचबिखन विरुद्ध सामूहिक प्रतिबद्धता: मधुवन, बर्दियामा सुरक्षा परियोजनाको संयुक्त अनुगमन
मधुवन, बर्दिया, नेपाल
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको मधुवन नगरपालिका वडा नं. ७ शुक्रबस्ती र गंगाबस्तीमा संयुक्त अनुगमन भ्रमण सम्पन्न गरियको छ । परियोजनाका गतिविधिहरूको प्रगति तथा समुदायस्तरमा परेको प्रभावको मूल्याङ्कन गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको थियो ।
अनुगमनका क्रममा मानव बेचबिखन, लागुऔषध दुर्व्यसन तथा बाल संरक्षणसम्बन्धी विषयमा अभिभावकहरूको सचेतना, सोच र व्यवहारमा आएका परिवर्तनहरूको समीक्षा गरिएको थियो । साथै, अभिभावकहरूबाट अनुभव, सकारात्मक अभ्यास, विद्यमान चुनौती तथा आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावहरू सङ्कलन गरिएको थियो ।
अनुगमन टोलीमा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी,नगर प्रबक्ता मेकबहादुर गुरुङ, वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, बाँके युनेस्को क्लबका सह अध्यक्ष निरज गौतम, कार्यकारी निर्देशक रविकुमार तुलाधर, सल्लाहकार रुद्र सुवेदी, सदस्य शंकर सिंग थारु, परियोजना संयोजक ईश्वर बी.के. तथा फिल्ड सुपरभाइजर सबित्रा भाटको सहभागिता रहेको थियो ।
अनुगमन का क्रममा अभिभावक समूहसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै परियोजनाका गतिविधिहरूबाट परिवार तथा समुदायमा आएका परिवर्तनबारे जानकारी लिइएको थियो। अभिभावकहरूले मानव बेचबिखन, लागुऔषध दुर्व्यसन, बाल संरक्षण तथा जोखिमका घटनाबारे जानकारी गराउने र आवश्यक सहयोग प्राप्त गर्ने प्रक्रियासम्बन्धी आफ्नो बुझाइमा सुधार आएको अनुभव साझा गरेका थिए । उनीहरूले परिवार तथा समुदायमा अपनाइएका सकारात्मक अभ्यासहरू प्रस्तुत गर्दै विद्यमान चुनौतीहरू र थप प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका थिए।
वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमालले बाँके युनेस्को क्लब तथा सुरक्षा परियोजनाको कार्यान्वयनको उच्च प्रशंसा गर्दै समुदायमा सचेतना अभिवृद्धि गर्न परियोजनाले पुर्याएको योगदानको सराहना गर्नुभयो। उहाँले परियोजनाका गतिविधिहरूलाई निरन्तरता दिँदै थप घरपरिवारसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले मानव बेचबिखन तथा लागुऔषध दुर्व्यसन नियन्त्रण र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार, विकास साझेदार, समुदाय तथा अभिभावकबीच समन्वयात्मक र निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सुरक्षित समुदाय निर्माणका लागि सचेतनामूलक अभियानलाई निरन्तरता दिनुका साथै समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, नगर उपप्रमुख अनिता चौधरीले बाल संरक्षण तथा हानिकारक सामाजिक अभ्यासहरूको रोकथाममा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले अभिभावकहरूलाई आफ्ना बालबालिकाप्रति सचेत रहन, उनीहरूसँग खुला संवाद गर्न तथा बाल संरक्षणसम्बन्धी जोखिम पहिचान र समाधानका लागि स्थानीय निकायसँग सहकार्य गर्न आग्रह गर्नुभयो।
महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले समुदायमा निरन्तर सचेतना अभिवृद्धि, संरक्षणसम्बन्धी घटनाको समयमै जानकारी गराउने व्यवस्था तथा सम्बन्धित सेवा प्रदायक निकायहरूसँग प्रभावकारी समन्वयको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले बालबालिकालाई मानव बेचबिखन, लागुऔषध दुर्व्यसन, शोषण तथा अन्य प्रकारका दुर्व्यवहारबाट जोगाउन अभिभावक र समुदायका सदस्यहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो भने कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के.ले गर्नुभएको थियो।
यस संयुक्त अनुगमन भ्रमणले समुदायस्तरमा परियोजनाको प्रगति तथा प्रभावको समीक्षा गर्नुका साथै स्थानीय सरकार र कार्यान्वयन साझेदारबीचको समन्वय सुदृढ गर्न र आगामी कार्यक्रमका प्राथमिकताहरू पहिचान गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले समुदायमा सचेतना अभिवृद्धि तथा बाल संरक्षणका प्रयासमा जनसहभागिता बढाउन परियोजनाले पुर्याएको योगदानलाई प्रतिबिम्बित गरेको छ।
यस भ्रमणले मानव बेचबिखन तथा लागुऔषध दुर्व्यसनको रोकथाम गर्दै बालबालिकाको अधिकार, मर्यादा र कल्याण सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता, समुदायको स्वामित्व र निरन्तर सहकार्यको आवश्यकतालाई पुनः पुष्टि गरेको छ। स्थानीय सरकार, विकास साझेदार, अभिभावक तथा समुदायको एकीकृत प्रयासबाट प्रत्येक बालबालिकाले सुरक्षित, समावेशी र संरक्षणयुक्त वातावरणमा हुर्कन, सिक्न र आफ्नो क्षमता विकास गर्न पाउने सुनिश्चित गर्नु नै यस परियोजनाको साझा लक्ष्य हो। गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको थियो ।
अनुगमनका क्रममा मानव बेचबिखन, लागुऔषध दुर्व्यसन तथा बाल संरक्षणसम्बन्धी विषयमा अभिभावकहरूको सचेतना, सोच र व्यवहारमा आएका परिवर्तनहरूको समीक्षा गरिएको थियो । साथै, अभिभावकहरूबाट अनुभव, सकारात्मक अभ्यास, विद्यमान चुनौती तथा आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावहरू सङ्कलन गरिएको थियो ।
अनुगमन टोलीमा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी,नगर प्रबक्ता मेकबहादुर गुरुङ, वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, बाँके युनेस्को क्लबका सह अध्यक्ष निरज गौतम, कार्यकारी निर्देशक रविकुमार तुलाधर, सल्लाहकार रुद्र सुवेदी, सदस्य शंकर सिंग थारु, परियोजना संयोजक ईश्वर बी.के. तथा फिल्ड सुपरभाइजर सबित्रा भाटको सहभागिता रहेको थियो ।
अनुगमन का क्रममा अभिभावक समूहसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै परियोजनाका गतिविधिहरूबाट परिवार तथा समुदायमा आएका परिवर्तनबारे जानकारी लिइएको थियो। अभिभावकहरूले मानव बेचबिखन, लागुऔषध दुर्व्यसन, बाल संरक्षण तथा जोखिमका घटनाबारे जानकारी गराउने र आवश्यक सहयोग प्राप्त गर्ने प्रक्रियासम्बन्धी आफ्नो बुझाइमा सुधार आएको अनुभव साझा गरेका थिए । उनीहरूले परिवार तथा समुदायमा अपनाइएका सकारात्मक अभ्यासहरू प्रस्तुत गर्दै विद्यमान चुनौतीहरू र थप प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका थिए।
वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमालले बाँके युनेस्को क्लब तथा सुरक्षा परियोजनाको कार्यान्वयनको उच्च प्रशंसा गर्दै समुदायमा सचेतना अभिवृद्धि गर्न परियोजनाले पुर्याएको योगदानको सराहना गर्नुभयो। उहाँले परियोजनाका गतिविधिहरूलाई निरन्तरता दिँदै थप घरपरिवारसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले मानव बेचबिखन तथा लागुऔषध दुर्व्यसन नियन्त्रण र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार, विकास साझेदार, समुदाय तथा अभिभावकबीच समन्वयात्मक र निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सुरक्षित समुदाय निर्माणका लागि सचेतनामूलक अभियानलाई निरन्तरता दिनुका साथै समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, नगर उपप्रमुख अनिता चौधरीले बाल संरक्षण तथा हानिकारक सामाजिक अभ्यासहरूको रोकथाममा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले अभिभावकहरूलाई आफ्ना बालबालिकाप्रति सचेत रहन, उनीहरूसँग खुला संवाद गर्न तथा बाल संरक्षणसम्बन्धी जोखिम पहिचान र समाधानका लागि स्थानीय निकायसँग सहकार्य गर्न आग्रह गर्नुभयो।
महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले समुदायमा निरन्तर सचेतना अभिवृद्धि, संरक्षणसम्बन्धी घटनाको समयमै जानकारी गराउने व्यवस्था तथा सम्बन्धित सेवा प्रदायक निकायहरूसँग प्रभावकारी समन्वयको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले बालबालिकालाई मानव बेचबिखन, लागुऔषध दुर्व्यसन, शोषण तथा अन्य प्रकारका दुर्व्यवहारबाट जोगाउन अभिभावक र समुदायका सदस्यहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो भने कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के.ले गर्नुभएको थियो।
यस संयुक्त अनुगमन भ्रमणले समुदायस्तरमा परियोजनाको प्रगति तथा प्रभावको समीक्षा गर्नुका साथै स्थानीय सरकार र कार्यान्वयन साझेदारबीचको समन्वय सुदृढ गर्न र आगामी कार्यक्रमका प्राथमिकताहरू पहिचान गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले समुदायमा सचेतना अभिवृद्धि तथा बाल संरक्षणका प्रयासमा जनसहभागिता बढाउन परियोजनाले पुर्याएको योगदानलाई प्रतिबिम्बित गरेको छ।
यस भ्रमणले मानव बेचबिखन तथा लागुऔषध दुर्व्यसनको रोकथाम गर्दै बालबालिकाको अधिकार, मर्यादा र कल्याण सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता, समुदायको स्वामित्व र निरन्तर सहकार्यको आवश्यकतालाई पुनः पुष्टि गरेको छ। स्थानीय सरकार, विकास साझेदार, अभिभावक तथा समुदायको एकीकृत प्रयासबाट प्रत्येक बालबालिकाले सुरक्षित, समावेशी र संरक्षणयुक्त वातावरणमा हुर्कन, सिक्न र आफ्नो क्षमता विकास गर्न पाउने सुनिश्चित गर्नु नै यस परियोजनाको साझा लक्ष्य हो।



