१३ कार्तिक २०८३, बिहीबार

नेता भीम रावललाइै परास्त गर्ने योजनामा प्रयासमा प्रधानमन्त्री केपी ओलि भट्टको प्रदेश सरकार हुने

एसीपी संवाददाता

२३ पुष २०७७, बिहीबार १३:१४ मा प्रकाशित

धनगढी: सुदूरपश्चिममा नेकपाभित्र समीकरण बदलिन थालेको छ । प्रभावशाली नेता भीम रावलले प्रचण्ड नेपाल समूहको प्रतिनिधित्व गर्दै त्रिलोचन भट्टको प्रदेश सरकार जोगाउने प्रयास गरिरहेका बेला लेखराज भट्टको नेतृत्वमा केपी ओली समूह आक्रामक रुपमा अघि बढेको छ ।

यसैक्रममा प्रदेश सरकार जोगाउन तथा आफ्ना मान्छे ओली समूहमा जानबाट रोक्न सुदूरपश्चिममा सक्रिय रावललाई धक्का लागेको छ ।

उनकै गृह जिल्ला अछामको क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएर त्रिलोचन भट्टको प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएर ओली समूहमा प्रवेश गरेका छन् ।

अनौठो त के छ भने मुख्यमन्त्री भट्टलाई राजीनामा बुझाउन जाँदा बोहरा ओली समूहका सांसद र नेताका साथ सडकमा हिँडेर गए।

मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरि पदबाट राजीनामा दिएको घोषणा गरेका बोहरा राजीनामा पत्र बुझाउन हिँडेरै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । यसबाट भीम रावलको शक्ति बाहिर कमजोर देखाउने प्रयत्न भएको बुझिएको छ ।

बोहरासँग ओली समूहका यसअघि पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा पनि मुख्यमन्त्री कार्यालय पुगेका थिए । साभार जेन1न्यूजबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x