नेकपामा आरोप–प्रत्यारोप तीव्र एकताका लागि अन्तिम प्रयास असफल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले पार्टी विभाजनबाट रोक्न र राजनीतिक संकट आउनबाट रोक्न अन्तिम दिन गरिएको प्रयासका वेला पनि पुष्पकमल दाहाल प्रचण्ड गम्भीर नदेखिएको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभा विघटनका दिन पनि एकताको रक्षाका लागि प्रचण्डकोमा पुगेको र छलफलका क्रममा सहमतिका विभिन्न विकल्पबारे प्रस्ताव राख्दा प्रचण्ड पटक्कै गम्भीर नदेखिएको उनले जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार लामो स्ट्याटस लेख्दै उनले प्रचण्डनिकटका नेता जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वसाथ राख्दासमेत प्रचण्डले एकरत्ति पनि सकारात्मकता नदेखाएको जनाएका हुन् ।
उनी लेख्छन्, ‘प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ, जनार्दन शर्माको साथमा । त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वसाथ सुझाएको थिएँ । तर, प्रचण्ड कमरेड त्यसप्रति एकरत्ति पनि सकारात्मक देखिनुभएन ।’
‘मेरोतर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनुभएन । उहाँ आफ्नो भित्री योजनामा निकै प्रतिबद्ध भइसक्नुभएको रहेछ । उहाँ सहमतिमा होइन, समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदोरहेछ । नेपाली राजनीतिमा हामी त्यसको परिणाम व्यहोर्दै छौँ,’ उनले लेखेका छन् ।
थारु समुदायको माघी पर्व अर्थात माघ १ गते नयाँ वर्ष
पुर्व मन्त्री राईको दबाबमा बाँके प्रहरीद्धारा वडा अध्यक्ष मो. सफिक बेहना संग सोधपुछ गरेको आरोप
उनले पार्टी एकीकरणका वेला दुई अध्यक्ष भावनात्मक रूपमा अघि बढेको र दिइएको सुझाबलाई गम्भीरतासाथ नदिएको पनि जनाएका छन् ।
उनले लेखेका छन्, ‘पार्टी एकता समयको माग र आवश्यकता थियो । दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा प्रस्तुत गर्नुभो । हामीले वैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि बढ्नु उचित हुने सुझाब दिएका थियौँ । तर, उहाँहरूले भावनात्मक कुरा गर्नु भो । हामीले त्यसलाई स्वीकार गऱ्याैँ ।’ नयाँपत्रिकाबाट



