३ असार २०८३, बुधबार

शर्मा र रावलको आरोप गृहमन्त्री थापाले आफ्नो छोरालाई निर्मला बलात्कार प्रकरणमा बचाउन ओलि सङ लागे

एसीपी संवाददाता

१० माघ २०७७, शनिबार १२:०३ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले आफ्नो छोरालाई बचाउनका लागि प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका जनार्दशन शर्मा र भीम रावलले आरोप लगाएका छन् ।

पार्टीको आन्तरिक बैठकमा शर्मा र रावलले थापालाई ओलीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा फसाउन खोजेको बताएको उच्च स्रोतले जनाएको छ ।

शर्मा र रावलले गृहमन्त्री थापाले आफ्नो छोरालाई निर्मला पन्त बलात्कार प्रकरणमा बचाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहलाई साथ नदिएको बताएका हुन् ।

गृहमन्त्री थापालाई ओलीले बन्धनमा पारेको चर्चा दाहाल–नेपाल समूहको नेकपाको बैठकमा भएको छ । ओलीले थापालाई आफूलाई छाडेर गएपछि निर्मला पन्तको बलात्कार प्रकरणको फाइल पुनः खुलाउने धम्की दिएको एक नेताले बताएका छन् ।

गृहमन्त्री थापाले पार्टी विभाजनको कुरामा ओलीलाई साथ दिँदै आएका छन् । थापा निकटका अधिकांश नेताहरू दाहाल–नेपाल समूहमा छन् । थापाकै प्रमुख सल्लाहकार पनि दाहाल–नेपाल समूहतिर लागेका छन् ।

नेकपाभित्रका आरोप प्रत्यारोप चलिरहेका बेला दाहाल–नेला समूह निकट मानिने शर्मा र रावलले ओलीको रणनीतिमा गृहमन्त्री थापा फसेको आरोप लगाएका हुन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x