१४ कार्तिक २०८३, शुक्रबार

दाहाल-नेपाल समूहकी नेतृ झाँक्रीलाई जेल हाल्ने तयारी

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार ०२:५६ मा प्रकाशित

राष्ट्रपतिबारे दिएको पछिल्लो अभिव्यक्तिले नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री विवादमा तानिएकी छन् । 

झाँक्रीले आक्रोशित हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कडा शब्दमा प्रहार गरेपछि नेकपा केपी ओली समूहका कार्यकर्ता प्रतिवादमा उत्रिएका छन् । झाँक्रीले गोरखा पुगेर राष्ट्रपति भण्डारीविरुद्ध चरित्रमाथि नै प्रश्न उठ्ने गरी तल्लो स्तरको टिप्पणी गरेकी थिइन् । 

झाँक्रीको अभिव्यक्ति

राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि बानेश्वर कता  घर छ रे१ त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला । बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला । जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शीतल निवासमा बडामहारानीको बास भएको छ ।  हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस भनेका थियौँ । नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो । मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी । विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ । विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरुको दैलो चाहर्यौँग तर हाम्रा कुरा कसैले पनि सुनेनन् । आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ । 

सामाजिक सञ्जालमा चर्को विरोध 

झाँक्रीको यो अभिव्यक्तिको ओली समूहका नेता कार्यकर्ताले कडा विरोध र आलोचना गरेका छन् । उनीहरुले झाँक्रीलाई जेल हाल्न माग गरेका छन् । 

युवा कार्यकर्ता समुन्द्र तिमिल्सिनाले भनेका छन्, ‘छि कस्तो उदण्डता हो रु कस्तो अपाच्य शब्द चयन हुँन् रु यो त पुरै निन्दनीय र खारेजयोग्य शब्द छन् ! नेपाल सरकार सबैभन्दा पहिले उहाँलाई पक्रियोस् र कडा कारबाही गरियोस् ! राजनीतिक आग्रहका आधारमा ब्यक्तिगत रुपमा एउटा महिला नेताले सम्माननीय राष्ट्रपतिज्यू प्रति गर्नु भएको कटाक्ष यती आमर्यादित कसरी हुन सक्दछ झाँक्री ज्यू?’

राष्ट्रपतिकी सहयोगी रहिसकेकी एवं युवा संघकी नेतृ अञ्जना अधिकारीले पनि झाँक्रीलाई चुनौती दिँदै कडा शब्दमा विरोध जनाएकी छन् । 

उनले भनेकी छन्, ‘कमरेड रामकुमारी मर्यादाभित्र रहेर बोल्नुहोस । यो भन्दा बढि छि, छि र दुरगङ्गित नहुनुहोस’,तपाईको नारित्वले तपाईलाई नै घृणा गर्ने अबस्थामा नपुग्नुहोस । राजनीति गर्नुहोस तर सीमा भित्र रहेर । नत्र तपाईलाई राजनीति सिकाउन सक्ने ।
 
तपाईंको दम्भ र घमण्ड लाई पानीको फोका बनाउन सक्ने, हैसियत राख्ने तपाई भन्दा लाखौं गुणा बढी स्वच्छ छवि भएका महिला धेरै छन यो देशमा, तपाई जस्ललाई मुख छाडेर आफ्नो घिनलाग्दो हैसियत देखाउँदै हुनुहुन्छ, हेक्का राख्नुहोस वहाँ जतिखेर तपाई हत्केलाले नाकको सिगान लतारेर निदारमा पुर्याउने उमेरको हुनुहुन्थ्यो, त्यो समयदेखिको नेपाली महिला मुक्ति आन्दोलनको अभिभावक हो, यो सारा नेपाली जनतालाई राम्रोसँग थाहा, त्यसकारण तपाईलाई तपाईकै शैलीमा म खबरदार गर्न चाहन्छु, समयमा नै समालिनुस्, हैन भने झाँक्री कमरेड, तपाई को, तुच्छताको राँको झार्ने महिला यहि छौं ।

तपाईलाई सिङ्गो नेपाली महिलाहरूको शीर झुक्ने भाषण गर्दै हिड्न लाज लाग्दैनरुरु रह्यो चुनाव लड्ने र हराउने कुरा । तपाई खबर पठाउनुहोस कुन जिल्ला कुन क्षेत्र हो । तपाईलाई धुलो चटाउन हामी तयार छौं । तपाई जस्तो गतिछाडा हैन ईज्जततिलो राजनीतिक शैलिमा नै तपाईलाई राजनीति सिकाउछौं ।

युवा संघका नेता माधव बास्तोलाले पनि कडा शब्दमा विरोध जनाएका छन् । 

हिजो रामकुमारी झाँक्री जी ले महामहिम राष्ट्रपति ज्युको वारेमा वोलेका शब्दले मलाई अचम्म बनाएको छ । कमरेड तपाईं होसमा त हुनु हुन्छ रु यस्ता कानुन आक्रोशित हुने अमर्यादित शब्द नवोल्दा तपाईंको कल्याण होला ।

जेल हाल्ने ओलीको तयारी 

आफूमाथि हुने आक्रमण नसने ओली राष्ट्रपतिमाथि आक्रमण त झन सहँदै सहँदैनन्। उनी उपयुक्त समयमा उपयुक्त बदला लिन्छन् । यस्तोमा राष्ट्रपतिमाथि जथाभावी ‘थुतुनो’ चलाएको भन्दै ओलीले झाँक्रीलाई नोटिसमा राख्न निर्देशन दिएका छन् । त्यसो त राष्ट्रपतिले पनि आफ्ना विरोधीलाई तह लगाएको इतिहास छ । प्रदेश ३ मा मुख्यमन्त्रीमा आफ्नी विरोधी अष्टलक्ष्मी शाक्यलाई तहलाई लगाएको नजिर ताजै छ । यस्तोमा सरकारले झाँक्रीमाथि उपयुक्त समयमा एक्सन लिनेगरी नोटिस गरेको छ । अब झाँक्रीले कति दिन जेलको चिसो हावा खाने हो हेर्न बाँकी छ । त्यसो त झाँक्रीले प्रधानमन्त्री ओलीमाथि पनि निरन्तर प्रहार गर्दै आएकी छन् । त्यसको पनि हिसाब किताब हुने नै होला । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x