१३ कार्तिक २०८३, बिहीबार

खोजौ र खोपौको ठांउमा खोजौ र बचाऔ राख्दा सकारात्मक असर पर्थ्यो :-मसहूद नेपाली

एसीपी संवाददाता

२१ माघ २०७७, बुधबार १८:३३ मा प्रकाशित

कृष्णनगर, माघ, २१

खोप समन्वय समिती र पुनर्गठन तथा खोप सुनिश्चित सम्बन्धि एक दिवसीय कार्यक्रम कृष्णानगर नपा ३का वडा अध्यक्ष सगीर अहमद खां को उपस्थिति र वडा नं.२का अध्यक्ष संजय गुप्ताको अध्यक्षतामा कृष्णानगर स्वास्थ्य चौकी कृष्णानगर चैपुरवा कपिलवस्तुको सभा हालमा सम्पन्न भएको छ।
कार्यक्रममा उक्त वडाका वडा सदस्य,लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघका अध्यक्ष डा.अव्दुल गनी अलकुफी, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, समाजका भद्रभलादमी,समाजसेवी महिला पुरुष स्वास्थ्यकर्मी,धर्म गुरु लगायतहरुको उपस्थिती रहेका थिए।
उक्त कार्यक्रममा वडा नं.३ र वडा नं.२ खोप वडा समितीका अध्यक्ष सगीर अहमद खां को उपस्थितीमा पूर्ण खोप नगरपालिका घोषणा गर्नको लागि गर्नु पर्ने विषयहरु बारे छलफल गरेका थिए। वडा नं.३ का लक्ष्मीनगर भन्ने गांऊका १०-१५ घरका परिवारहरुले आफ्नो बाल-बच्चा हरु लाई अहिले सम्म कुनै खोप नलगाएको कारणले वहाहरु उच्च जोखिममा रहेका छन। यो गाउंको कारण ले वडा ३ लाई पूर्ण खोप घोषणा गर्नका लागि निकै चुनौति रहेको छ। वहाहरुको बच्चाहरु लाई खोप लगाउन सबै मिलेर पहल गर्नाका लागि कृष्णानगर स्वास्थ्य चौकी प्रमुख जमाल ख़ान ले आग्रह गर्दै खोप बाट हुने लाभ र खोप लगाए पछि बच्चाहरुमा देखिने असर बारे उपस्थित सबै लाई जानकारी दिएका थिए।
लुम्बिनी प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले कार्यक्रममा बोल्दै भनेकि खोप लगाउन अनिवार्य रहेको छ बालबालिकाहरुको भविष्य सुरक्षित रहन्छ खोप लगाउनको लागि इस्लाम धर्मका धर्मगुरुहरुले पनि शुरु देखि नै भन्दै आएका छन कि हाम्रो धर्ममा खोप लगाउनको लागि कुनै किसीमको रोक टोक छैन आ -आफ्नो बाल-बच्चा हरुको भविष्य सुरक्षित राख्नको लागि खोप लगाउन मिल्छ अहिले पनि समाजमा जनचेतनाको कार्यक्रम गरि समाजलाई सचेत बनाउन आवश्यकता रहेको छ। जनचेतना नभएको कारणले मात्रै मान्छे खोप बाट डराई रहेक छन यस्ता किसीमका मान्छे
हरु लाई चिन्हित गरी चेतना दिनको लागि हामी वहाहरुको घर घरमा पुंगी सचेत गर्छौ र खोप लगाउनको लागि प्रयास गर्छौ यो कार्य गर्नको लागि जून सुकै परिश्रम गर्नु परोस हामी गर्न तैयार रहेको प्रतिबद्धता जनाउदै भने कि सरकारले जुन नारा दिएको छ खोजौ र खोपौ यो नाराले मधेशवासीहरु मा अलि नकारात्मक असर पनि जान सक्छ यसको ठाउमा खोजौ र बचाओ राख्दा राम्रो हुन्थ्यो।
कार्यक्रम सुअहारा दोस्रोका समाजिक सहजकर्ता पृथ्वीपाल तेली ले संचालन गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x