१३ कार्तिक २०८३, बिहीबार

मुलुकलाई संकटबाट जोगाउन ससद विघटन भएको – गृहमन्त्री थापा

एसीपी संवाददाता

२२ माघ २०७७, बिहीबार ०२:३४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।

बुधबार अखिल नेपाल टे«ड युनियन महासंघको सातौ भेलालाई सम्बोधन गदैृ उहाले आफुहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै  प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गर्नुभएको हो ।

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताउनुभयो । उहाले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको बताउनुभयो ।

त्यस्तै उहाले आफुहरु नै आधिकारीक नेकपा भएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभयो ।

गृहमन्त्री थापाले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अव पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको तर्क गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x