१३ कार्तिक २०८३, बिहीबार

जनमत पार्टी बाँकेद्वारा नेपालगन्ज उपमहानगरपालिका १० मा प्रथम वडा अधिवेशन सम्पन्न

एसीपी संवाददाता

२२ माघ २०७७, बिहीबार ०८:४३ मा प्रकाशित

जनमत पार्टी बाँकेद्वारा नेपालगन्ज उपमहानगरपालिकामा प्रथम वडा अधिवेशन वडा नंवर-१० मा गरेको छ, आजको भेलावाट सचिन पटहरको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ, अध्यक्ष-सचिन पटहर,उपाध्यक्ष – बसिरुन ढपाली,कोषाध्यक्ष- संजय सोनकर,सचिव-असलम भुजुवा, सदस्यद्वय-बासिर अलि शेष, रोहित पटहर, अन्जुम शेष, साविया अंसारी, अफरोज जहाँ शेष, राहुल मन्डल तथा संतोष कुर्मी चयन भएका छन। आजको कार्यक्रम सचिन पटहरको अध्यक्षतामा गरिएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला अध्यक्ष रियाज अहमद शेष रहेका थिए, कार्यक्रममा अन्य नेताहरुमा जिल्ला सदस्य जाबिर हल्वाई, जिल्ला नेता रियाज अंसारीले मधेशी नेताहरू म्याद नाघेको औषधी जस्तै रहेको जिकिर गरेका छन, डुडुवा गाउपालिका अध्यक्ष तथा जिल्ला सदस्य अब्दुल वाहिद शेष, मुकिम अन्सारी, जिल्ला सदस्य नौसाद अंसारी ,सफिक जसगड, मुबारक अलि शाह, एजाज मनिहार, सद्दाम दर्जी लगायतका नेताहरूको उपस्थिति रहेको थियो, पार्टी बाँकेले दिनप्रतिदिन बाँकेको सबै स्थानीय पालिकाहरुमा आफ्नो वडा अधिवेशन भईरहेको जानकारी जनमत पार्टी बाँकेका नेता जाबिर हल्वाईले दिएका छन।
प्रमुख अतिथीले मन्तब्य राख्नेक्रममा मधेशको नाममा राजनीति गर्ने नेताहरु माथि खनिएका थिए उहाँले भन्नु भयो अब मधेसी जनतासामू जनमतको बिकल्प न रहेको जिकिर गरेका छन अहिले सम्म मधेशलाई ठग्ने काम मात्र भएको समेत भनेका छन अब हामी स्वराजीहरुको काँधमा ठूलो जिम्मेवारी आऊँदै छ हामी त्यसकै तयारीमा लागेको भनेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x