६ कार्तिक २०८१, मंगलवार

सभामुखलाई न भेटने

एसीपी संवाददाता

२९ माघ २०७६, बुधबार १२:३२ मा प्रकाशित

एजेन्सी समाचार । नेपालको दुई दिने भ्रमणमा आएका क्यानडाको माथिल्लो सदन सिनेटका सभामुखले नेपालका सभामुख अग्नि सापकोटालाई भेट्न अनिच्छा देखाएका छन्।
क्यानडाको संसदीय प्रतिनिधमण्डको नेतृत्व गर्दै सभामुख जर्ज जे फ्युरी सोमबार बिहान नेपाल आइपुगेका हुन्। संघीय संसद सचिवालयले सञ्चारमाध्यमलाई उपलब्ध गराएको भेटघाटको विवरणमा फ्युरीले सभामुख सापकोटालाई भेट्ने कुनै कार्यक्रम छैन।
सापकोटामाथि २०६२ सालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्यामा संलग्न रहेको आरोप छ। उनीविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै ४ अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले द्वन्द्वकालीन मुद्दाबारे अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिबद्धताप्रति सरकार प्रतिबद्ध हुनुपर्ने बताएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x