१३ कार्तिक २०८३, बिहीबार

मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव पेश, फागुन २० गतेसम्मका लागि बैठक स्थगित

एसीपी संवाददाता

९ फाल्गुन २०७७, आईतवार ११:१० मा प्रकाशित

प्रदेश १ का मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश, फागुन २० गतेसम्मका लागि बैठक स्थगित
काठमाडौं, फागुन ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्वको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो ।

गत पुस १२ गते सांसद इन्द्रबहादुर आङबो प्रस्तावक र सांसद लक्षुमण तिवारी समर्थक रहेको अविश्वासको प्रस्तावमा ३७ जना सांसदहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ताको भएको थियो ।

जसमध्ये सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, बसन्तीदेवी यादव र कला घलेले भने हस्ताक्षर फिर्ता लिनुभएको छ ।

यसअघि बिहान मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठक नराख्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गर्नुभएको थियो ।

सभामुखले बैठक स्थगित गर्न नसक्ने जवाफ दिनुभएको थियो ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका छन् । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x