१३ कार्तिक २०८३, बिहीबार
प्रधानमन्त्रीले अदालतलाई धम्काउदै छ्न – पौडेल
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काएको आरोप लगाउनुभएको छ ।
आइतबार सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले गरेको साक्षात्कार कार्यक्रममा बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओली विराटनगर अदालतलाई धम्काएको बताउनुभएको हो । उहाले संसद पुनरस्थापना अदालतले गरे सेटिङ्गं र आन्दोलन गर्ने भनेर अदालतलाई धम्काउने काम गरेको पौडेलले बताउनुभयो ।
बरिष्ट नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान भत्काएर राष्ट्लाई संकटमा पार्ने काम गरेको भन्दै राष्ट् र संविधान बचाउन काँग्रेस लाग्नु पर्ने जिकिर गर्नुभयो । काँग्रेस अहिलेको अवस्थामा चुनावको पछाडी लाग्न नहुने तर्क गर्दै पौडेलले जनताको हित हुने कार्यमा लाग्नु पर्ने बताउनुभयो ।
Subscribe
Login
0 Comments


