१३ कार्तिक २०८३, बिहीबार

समकक्षता पछि मदरसा हरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुदै: बोर्ड उपाध्यक्ष मौलाना मशहुद

एसीपी संवाददाता

१० फाल्गुन २०७७, सोमबार ०४:४४ मा प्रकाशित

कपिलवस्तु,
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ ।

त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने मौलाना (शिक्षक) हरूलाई सरकारी दरबन्दी सरह गर्नु पर्ने बताउदै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मदरसा बोर्ड अध्यक्ष माननीय लुम्बिनी प्रदेश सामाजिक विकास मंत्री सुदर्शन बराल मार्फत
लाई यस विषयमा प्रदेशिक र संघिय सरकार समक्ष जोडदार तरिकाले पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

माननीय मंत्री सुदर्शन बरालले मदरसा शिक्षाका सवाल र चुनौती हरू प्रति सधै सकारात्मक रहेको बताए ।
उक्त छलफलमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले मदरसामा रहेका मौलाना हरूलाई छिट्टै सरकारी सरह सेवा सुविधा दिनु पर्ने माग गरे ।

छलफलमा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर अहमद बरेलवीको समेत उपस्थितमा ध्यानाकर्षण गराएको र सम्पूर्ण कुराको जानकारी लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x