१३ कार्तिक २०८३, बिहीबार

ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारी

एसीपी संवाददाता

१२ फाल्गुन २०७७, बुधबार ०७:०७ मा प्रकाशित

चितवनको आमसभालाई सम्बोधन नगरी काठमाडौँ फर्के प्रचण्ड–नेपाल, देउवासँग भेट्ने तयारी

काठमाडौँ।प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौँ फर्केका छन्।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेपछि अध्यक्षद्वय प्रचण्ड र नेपाल बुधबार चितवनमा आयोजित आमसभालाई सम्बोधन नगरी काठमाडौँ फर्केका हुन्। उनीहरु बुधबार बिहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं फर्केका हुन्।बुधबार आयोजित सभालाई सम्बोधन गर्नका लागि अध्यक्षद्वय मंगलबार दिउँसो चितवन पुगेका थिए।

यसैबीच

नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको तयारी गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेको दाहाल-नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट्न लागेको स्रोतले जनाएको छ ।

दाहाल-नेपालसँग छलफलको तयारी भए पनि समय तय भइनसकेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।नेपालदीपबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x