अफीम सहित नेपाली महिला भारतिय प्रहरीको नियन्त्रणमा
बाके,नेपालगन्ज नेपाल-भारत सिमाना । रुपईडीहा बहराइच – नेपालबाट भारत जाने कामको शिलशिलामा मजदूरहरुलाई समेत लागू औसधमा प्रयोग हुन शुरु भएका छन । भारतबाट ब्राउन सुगर र नेपालबाट चरेस , अफिम लगाएतका लागू औसध ओहिरदोहोर हुने गरेको छ । मजदुर तिनीहरु मार्फत तस्करी भएको श्रोतले बताएको छ । मजदुरहरुको कैरियरका रूपमा प्रयोग बढेको छ । नेपाल – भारत सिमामा रहेको भारतको एसएसबी र स्थानीय उत्तर प्रदेश प्रहरीले एक जना नेपाली महिलालाई ३ किलो ८ सय ग्राम अफीम सहित गिरफ्तार गरेको हो । रुपईडीहाका थाना प्रभारी निरीक्षक अशोक कुमार सिंहका अनुसार एस.आई . हरीश सिंह,का. प्रतीक वर्मा,एस एस बी ४२ औ वाहिनी रुपईडीहा बीओपी का. निरीक्षक रमेश कुमार ग्वाला,ए एस आई सिकंदर सिंह,का. परशुराम, महिला का. मेघा व संतोष नेपालबाट आवत जावत गर्नेलाई जांच गरि रहेका थिए । सो हि क्रममा सोमवार नेपालबाट एकजना महिला पैदल हिडिरहेको बेलामा नेपाल बॉर्डरबाट रुपईडीहा आउदै गर्दा ।संका लागेको चेकजाच गर्दा कम्मर बाधेको अवस्थामा अफिम फेला परेको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेको महिलाको पहिचान नाम कमला ठेगाना तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ५ जिल्ला दांगको रहेको बताएको छ । कमलालाई अहिले जेल चलान गरेको छ ।


