१२ कार्तिक २०८३, बुधबार

म्यानमार सरकारको १ अर्ब डलर रकम निकाल्न प्रतिबन्ध

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार ०२:२१ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले कूमार्फत् सत्ता हत्याएको र प्रदर्शनकारीमाथि बर्बर दमन गरिरहेको म्यानमारको सेनालाई अमेरिकी बैंकमा रहेको म्यानमार सरकारको १ अर्ब डलर  रकम निकाल्न प्रतिबन्ध लगाइदिएको छ। 

समाचार संस्था रोयटर्सका अनुसार कू गरेको तीन दिनपछि म्यानमारको सेनाले फेडेरल रिजर्भ बैंक अफ न्यूयोर्कमा रहेको १ अर्ब डलर निकाल्न खोजेको थियो। त्यतिबेला अमेरिकाले म्यानमारका सैनिक जनरलहरूमाथि प्रतिबन्ध नलगाएको भए पनि उक्त रकम रोकिएको थियो। 

त्यसको झन्डै एक सातापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै म्यानमारको कूमा संलग्न सैनिक जनरलहरूलाई प्रतिबन्ध घोषणा गरेका थिए। उक्त कार्यकारी आदेशसँगै उक्त रकम अमेरिकाले अनिश्चितकालसम्मका लागि फ्रिज गर्न बाटो खुलेको छ। 

अहिले म्यानमारमाथि अमेरिका, क्यानडा, युरोपियन युनियन र बेलायतले प्रतिबन्ध घोषणा गरेका छन्। 

पछिल्लो समय जुन्ता सरकारले कूविरूद्ध भइरहेको शान्तिपूर्ण प्रदर्शनमा दमन बढाएको छ। संयुक्त राष्ट्र संघका अनुसार अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर ५४ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। १७ सय जनालाई हिरासतमा लिइएको छ तीमध्ये २९ जना पत्रकार छन्।  

म्यानमारको पछिल्लो परिस्थितिबारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्दैछ। सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x