१२ कार्तिक २०८३, बुधबार

पाकिस्तानी सेनाको आयो धम्कि,नेताहरुमा खैलाबैला

एसीपी संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार १४:४६ मा प्रकाशित

एजेन्सी । इस्लामाबाद: पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आफ्नी छोरी मरियमलाई देशको सेनाले धम्की दिएको आरोप लगाएका छन् ।

साथै यदी मरियमलाई केही भयो भने प्रधानमन्त्री इमरान खान र तीन उच्च सैनिक जनरलहरु त्यसको जिम्मेवार रहने चेतावनी दिए । बेलायतको लण्डनमा रहँदैआएका नवाजले भिडियो सन्देश मार्फत् यस्तो चेतावनी दिएका हुन् । सेनाले मरियमलाई आफूविरुद्ध नबोल्न भन्दै धम्की दिएको नवाजले दावी गरेका छन् ।

यसअघि पनि कराँचीस्थित एक होटलमा मरियम बसिरहेको अवस्थामा सेनाले जवर्जस्ती होटलको ढोका खोलेर मरियमका पतिलाई पक्राउ गरेको थियो । उक्त घटनाको स्मरण गर्दै नवाजले यसपटक पनि सेनाले धम्की दिएको भन्दै यदी मरियमलाई केही नराम्रो भएमा इमरान खान र सेना जिम्मेवार हुने बताए ।

उनले नाम नै किटान गर्दै भनेका छन् सैनिक उच्च कमाण्डर कुमर जबेद बज्वा, लेफ्टिनेन्ट जनरल फइज हमीद र जेनरल इरफान मलिक यसका लागि जिम्मेवार हुने बताए ।

७१ वर्षीय नवाजले यस्तो भिडियो सन्देश बिहीबार आफ्नो ट्वीटरमा पोस्ट गरेका थिए । नवाज सरिफ २०१९ को नोभेम्बरदेखि नै लण्डनमा बस्दैआएका छन् ।

भ्रष्टाचार अभियोगमा जेलजीवन बिताइरहेका नवाजलाई लाहोर उच्च अदालतले उपचारका लागि भन्दै चार हप्ताका लागि रिहा गरेको थियो । तर उनी स्वास्थ्य अवस्था झन् बिग्रेको भन्दै बेलायतबाट फर्किएकै छैनन् । लाहोर अदालतले उनीमाथि ७ वर्षको जेल सजाय तोकेपछि उनी लाहोरकै कोट लखपथ जेलमा रहँदैआएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x