१२ कार्तिक २०८३, बुधबार

फागनु २८ गते भएको निर्णय खारेज हुनुपर्ने अडान

एसीपी संवाददाता

२ चैत्र २०७७, सोमबार ०८:३८ मा प्रकाशित

नेकपा (एमाले)का दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको बैठकमा नेपाल पक्षले फागनु २८ गते भएको निर्णय खारेज हुनुपर्ने अडान राखेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको बैठकमा नेपाल पक्षले २८ गते बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले गरेका निर्णय खारेज हुनुपर्ने अडान राखेको नेपाल निकट नेता रघुजी पन्तले जानकारी दिए।

‘वार्ता सकारात्मक रुपमा अघि बढेको छ। हामीलाई २८ गतेको बैठकमा बोलाइएको थिएन र कुनै जानकारी पनि दिइएको थिए। त्यसैले बैठक विधानविपरीत भएकाले हामीले २८ गतेको निर्णय नमान्ने अडान राख्यौं,’ उनले भने।

फागुन २८ गतेको बैठकबाट ओली पक्षले आफू पक्षीय नेताहरुलाई जिम्मेवारी दिएर पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको थियो। सोही बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन समेत गरेको थियो।

नेता पन्तले बैठक सकारात्मक दिशामा अघि बढेको समेत बताए।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका थिए।

छलफलमा ओली पक्षका तर्फबाट ओलीसहित नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित थिए। यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त सहभागी थिए। बैठकमा झलनाथ खनाल भने उपस्थित थिएनन्।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x