१२ कार्तिक २०८३, बुधबार

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ,’महामन्त्री कोइराला

एसीपी संवाददाता

६ चैत्र २०७७, शुक्रबार ०१:०२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केही दिनभित्रैमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । कोइरालाले विराटनगरमा संचारकर्मीहरुसँगको कुराकानीमा हप्ता दश दिन भित्रैमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने बताए ।

‘हप्ता दश दिन भित्रैमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन्छ, त्यसपछि कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ,’ महामन्त्री कोइरालाले भने ।

उनले नयाँ बन्ने सरकार कांग्रेस, माओवादी केन्द्र र जसपा गठवन्धनको हुनेसमेत बताए । नयाँ बन्ने सरकारले नै आगामी निर्वाचन गर्ने कोइरालाको भनाइ छ । उनले निर्वाचनमार्फत कांग्रेसले देशलाई निकास दिनेसमेत जिकिर गरे ।

कांग्रेस मोरङका नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन उनी विराटनगर पुगेका हुन् । उनले संसद पुर्नस्थापना भइसकेपछिको अवस्थामा ओली सरकार अवैधानिक भइसकेकाले यस्तो सरकार लामो समय टिक्नु पनि देशका लागि सकारात्मक नहुने भनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x