१४ भाद्र २०८३, आईतवार

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरण बारे अनुसन्धान अन्तिमतिर

एसीपी संवाददाता

१७ चैत्र २०७७, मंगलवार ०२:१९ मा प्रकाशित

कैलाली। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरण बारे अनुसन्धान अन्तिमतिर पुगेको नेपाल प्रहरीले दाबी गरेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताएका हुन्।

सुवेदीले भने, ‘अब करिब २० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ हामी लागिरहेका छौं। यो महिनाभित्र निष्कर्ष निकाल्छौं। निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा छौं। पात्र भन्दा पनि प्रमाण संकलनको चरणमा छौँ अहिले। भागरथी प्रकरणपछि हामीलाई विश्वासिला सूचना पनि आउन थालेका छन्।’

२०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको ११ गते निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। यो घटनामा फितलो अनुसन्धानलाई लिएर प्रहरीमाथि निरन्तर प्रश्न उठिरहेको छ।

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा सफल अनुसन्धान गरेका सुबेदीले पन्तको हत्या प्रकरण पनि सुल्झिले आश्वासन दिए। भट्टको हत्या प्रकरणलाई सफलतापूर्वक टुंगोमा पुर्याए पछि उनले देशभर सकारात्मक चर्चा कमाएका थिए।नेपालदिप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x